बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

९० दिनमै निर्वाचन गर्न आयोग सक्षम

बुधबार, १९ माघ २०७३, १८ : ०१
बुधबार, १९ माघ २०७३

फलेवास - प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले स्थानीय तह वा स्थानीय निकायको निर्वाचन गर्ने भन्नेबारेमा आयोग अन्योलमा परेको बताएका छन् ।

आज पर्वतको सदरमुकाम कुश्मा बजारमा आयोजित सरोकारवालासँगकोे अन्तक्र्रिया कार्यक्रममा उनले भने – सरकारले निर्वाचनको मिति घोषणा गर्न नसक्दा आयोग अन्योलमा परेको हो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचन आयोग, सांसद र आमजनता समेत कुन तहको निर्वाचन हुन्छ ? भन्नेमा अन्योलमा छन्, यस्तो अवस्था रहिरहनु हुँदैन भने।

अहिले निर्वाचन गर्ने सुनौलो मौका आएको छ उनले भने – “यस्तो अवस्थामा पनि दलहरुबीच सहमति हुननसक्नु र निर्वाचनको मिति घोषणा हुननसक्नु मुलुककै लागि दुर्भाग्य हो ।”

प्रमुख निर्वाचन आयुक्त डा यादवले जेठपछि निर्वाचन गर्न समस्या आइपर्ने बताउँदै वैशाख मसान्तभित्रै चुनाव गर्नेगरी मिति घोषणा गर्नुपर्नेमा जोड दिए ।

निर्वाचन गराउनका लागि १२० दिन आवश्यक पर्ने भए पनि सरकारले मिति घोषणा गरेमा ९० दिनमै तयारी गर्न आयोग सक्षम रहेको चर्चा गर्दै स्थानीय तह वा निकाय जुनसुकै निर्वाचन गर्न पनि आयोग तयारी अवस्थामा रहेको बताए ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले “स्वच्छ, र निष्पक्ष निर्वाचनको व्यवस्थापन गर्नका लागि न्यूनतम १२० दिन आवश्यक पर्छ, यदि सरकारले ढिलोगरी मिति घोषणा गरेमा पनि हामी ९० दिनभित्रमा आवश्यक सबै तयारी गर्नसक्छौँ भन्दै यद्यपि छोटो समय भयो भने केही समस्या भन्ने आउने बताए ।

आगामी निर्वाचनमा आयोगको आचारसंहिता पालनामा शून्य सहनशीलता अपनाउने बताउँदै उनले कुनै पार्टी वा उम्मेदवारलाई आचारसंहिताको उल्लङ्घन गर्न नदिनका लागि आयोगले आवश्यक व्यवस्थापन गरिसकेको उल्लेख गरे ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले यदि आचारसंहिताको उल्लङ्घन गरेको पाइएमा आयोगले आवश्यक कारबाही प्रक्रिया अघि बढाउने स्पष्ट पार्दै स्वच्छ र निष्पक्ष निर्वाचन नै लोकतन्त्रका सुन्दर पक्ष भएकाले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आयोगले तयारी गरेको छ भने ।

उनले जिल्लास्थित सुरक्षा निकाय र कर्मचारीलाई निर्वाचनका लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिए ।

कार्यक्रममा सांसद अर्जुनप्रसाद जोशीले सरकार निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताउँदै स्थानीय तहकै निर्वाचन गर्नुपर्ने अहिलेको आवश्यकता छ भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप