बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लाखौँ कर्जा लिएर फरार कुमर जेल चलान

बुधबार, १९ माघ २०७३, १५ : ०३
बुधबार, १९ माघ २०७३

गौशाला - महोत्तरी जिल्ला अदालतले एक दर्जनभन्दा बढी व्यक्तिसँग लाखौँ कर्जा लिएर फरार रहेका एक व्यक्तिलाई जेल पठाएको छ ।

जेल चलान हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–११ खैरा बस्ने जयलोचन कुमर (शुभकामना) रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरी जिल्ला अदालतले कुमरलाई जलेश्वर–८ बस्ने उमेश ठाकुरको कर्जा चुकाउन नसक्दा २०७१ पुस ८ गते एक वर्षका लागि कैद तोकेकामा उनी फरार रहँदै आएको थिए । भाग्दे हिँडेका बेला पुनः २०७२ साल जेठ २१ जलेश्वर–६ बस्ने भरत साह सोनार कर्जा फर्काउन नसक्दा उनलाई एक वर्ष कैद तोकिएको थियो भने उनी दुवै सजायलाई छकाउँदै भारतमा लुकेर बस्दै आएका थिए ।

यसैबीच, उनी आज कुनै झगडाको सिलसिलामा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आएको बेला प्रहरीले उनलाई समातेको हो । महोत्तरी जिल्ला अदालतमा उपस्थित गराएपछि उनलाई अदालतले फरार अभियुक्त ठहर गर्दै दुई वर्ष कैद भुक्तानका लागि जलेश्वर कारागारमा पठाएको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताए ।

जिल्ला अदालतको आदेशमा अब कुमरले २०७५ साल माघ १८ गतेसम्म जलेश्वर कारागारमा कैद भुक्तान गर्नुपर्ने छ ।

प्रहरीका अनुसार जेल चलान गरिएका कुमर ठाकुर र साह जस्ता एक दर्जनभन्दा बढी व्यक्तिको लाखौँ रुपैयाँ कर्जा उठाएर तिरेका छैनन् भने पैसा माग्ने कतिपयलाई मुद्दा गर्न अदालत जाउ भनी धाकधम्की लगाउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप