बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘थ्रीजी स्मार्टफोन ल्याउनुहोस्, फोरजी स्मार्टफोन लानुहोस्’

बुधबार, १९ माघ २०७३, १८ : २१
बुधबार, १९ माघ २०७३

ललितपुर – ललितपुरको मुटु तथा आर्थिक केन्द्र लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले माघ १४ गतेदेखि आयोजना गरिरहेको मोबाइल एक्स्पो २०१७ अवधिभर ग्राहकहरुका लागि नयाँ अफर सार्वजनिक गरिएको छ ।

नयाँ प्रविधि र नयाँ मोडलका स्मार्टफोनहरुको बारेमा जानकारी दिन आयोजित यस एक्स्पोमा ग्राहकहरुलाई “थ्रीजी स्मार्टफोन ल्याउनुहोस्, फोरजी स्मार्टफोन लानुहोस् अफर” सार्वजनिक गरिएको हो । अफर अन्तर्गत ललितपुर मोबाइल कम्प्लेक्सले थ्रीजी फोनको साटो फोरजी फोन दिने अफर ल्याएको हो ।

अफर अन्तर्गत ग्राहकहरुले आफूसँग भएको कुनैपनि थ्रीजी स्मार्टफोन फोरजी स्मार्टफोनसँग साट्ने अफर ल्याएको हो । यस अफरमा ग्राहकहरुले आफूले चाहेको फोरजी प्रविधिसहितको स्मार्टफोनहरुसँग पुरानो स्मार्टफोन साट्न सकिनेछ । कम्प्लेक्सले आफ्ना ग्राहकहरुका लागि ल्याएको अफरअन्तर्गत ग्राहकहरुले पुरानो थ्रीजी फोनको भ्यालूएसन गराएर नयाँ फोरजी फोन किन्न सक्नेछन् ।

मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले फोरजी स्मार्टफोन प्रति ग्राहकहरुको अधिक रुचीलाई ध्यानमा राखेर नयाँ अफर ल्याएको बताए । ‘कुनैपनि ब्राण्डका थ्रीजी स्मार्टफोनको साटो हामी एक्सचेन्ज गरेर ब्राण्डेड फोरजी स्मार्टफोन दिनेछौं,’ उनले भने, ‘यसको लागि हामीले दक्ष र अनुभवी भ्यालुएटर राखेका छौं जसले थ्रीजी फोन साटेर फोरजी फोन ग्राहकलाई दिनेछ ।’

आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट र उपहारसहित उत्सवमय बनाउन यहि माघ १४ गतेदेखि माघ २२ गतेसम्म छुटाउनै नहुने मोबाइल एक्स्पो आयोजना गरिरहेको छ । जसमा ग्राहकहरु उत्साहप्रदरुपमा सहभागी भईरहेका छन भने विभिन्न ब्राण्डका स्मार्टफोनहरु खरिद गरिरहेका छन् ।

मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने मुल नाराका साथ शुरु भएको मोबाइल एक्स्पोमा कम्प्लेक्सले फोरजी प्रबिधिलाई बढावा दिँदै फोरजी स्मार्टफोनहरु विशेष मुल्यमा बिक्री भईरहेको छ । गत महिनादेखि नेपालमा फोरजी प्रविधि भित्रिएको हुँदा फोरजी प्रविधिका विभिन्न फोनहरु एक्स्पोमा राखिएको छ ।

कम्प्लेक्सले आयोजना गरिरहेको मोबाइल महोत्सवमा ग्राहकहरुलाई आकर्षित गर्न कम्पनीले बुधबारदेखि थप छुटमा फोनहरु बिक्री गरिरहेको छ । कम्प्लेक्सले आयोजना गरिरहेको मोबाइल एक्स्पोले ग्राहकहरुलाई नियमितरुपमा मोबाइल खरिदका लागि आउने वातावरण तयार पारेको छ । नियमित आउने ग्राहकहरुलाई सम्मानसहित फोन खरिदमा अतिरिक्त छुट दिईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप