बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सरकारले भेदभाव गरेको भन्दै गाविस सचिवद्वारा कार्यालयको छाप जिविसलाई जिम्मा

बुधबार, १९ माघ २०७३, १० : ४६
बुधबार, १९ माघ २०७३

ताप्लेजुङ - सरकारले भेदभाव गरेको र अवसरमाथि बन्देज लगाएको भन्दै ताप्लेजुङका गाविस सचिवले कामकाज ठप्प पारेका छन् ।

गाविस सचिव हकहित संरक्षण केन्द्रको अगुवाइमा आज दिउँसो गाविसको छाप जिविसमा बुझाई सर्वसाधारणको काम ठप्प पारेका हुन् ।

जनप्रतिनिधि नभएको अवस्थामा गाविसको सम्पूर्ण काम गर्ने सचिव नै आन्दोलनमा उत्रिएपछि गाउँबाट धाएर सदरमुकाम आएका सर्वसाधारण मर्कामा परेका छन् । केन्द्रका जिल्ला अध्यक्ष निर्मल शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले सङ्घीय, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्ने कानुन निर्माण गर्दा आफूहरुलाई सहभागी नगराएको आरोपसमेत ती सचिवले लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप