बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

धुर्मुस–सुन्तलीको जस्तै गिरानचौरमा अर्को नमुना बस्ती (भिडियो)

बुधबार, १९ माघ २०७३, १९ : ०२
बुधबार, १९ माघ २०७३

काठमाडौँ – सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत नमुना बस्ती निर्माण हुने भएको छ ।सामुदायिक पुनर्निर्माण पर्यटन प्रर्वदन परियोजनाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ८ मा सामुदायिक स्थायी एकीकृत बस्ती निर्माण गर्न लागेको हो । एकीकृत बस्तीको बुधबार राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक डाक्टर गोविन्द पोखरेलले सिलान्यास गरे ।

भूकम्पपछि पुननिर्माणका लागि सरकारले उपलब्ध गराएको पहिलो किस्ता बापतको ५० हजार रुपैयाँमा २० हजार थप गरेर समुदायले नै बस्ती निर्माण प्रक्रिया शुरु गरेका हुन् । एकीकृत बस्तीमा एक सय ५० वटा घर निर्माण हुने उल्लेख गरिएको छ । ६ कोठा भएको डेढ तले घर अपांगमैत्री हुनेछ ।

बस्तीमा बिजुली, खानेपानी र टेलिफोनलगायतका सुविधाहरु उपलब्ध हुने पनि बताइएको छ ।

एकीकृत बस्तीको माध्यमबाट स्थानीय पर्यटन प्रवर्दन हुनेगरी अन्य सामुदायिक क्रियाकलाप समेत अघि बढाउने परियोजनाले जनाएको छ । बस्ती निर्माणको सिलान्यास गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले जग्गा पास गर्दा लाग्ने दस्तुर र सरकारबाट उपलब्ध हुने सार्वजनिक सेवा उपलब्ध गराउन एक साताभित्रै निर्णय गराउने आश्वासन दिए ।

गिरानचौरमा छरिएर रहेका घर परिवारलाई एकीकृत बस्तीमा ल्याएर शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालगायतका आधारभूत सेवाहरु उपलब्ध गराउन सहज हुने परियोजनाले विश्वास लिएको छ ।

यो एकीकृत बस्ती यसअघि कलाकारद्धय धुर्मुस–सुन्तलीको अगुवाइमा तयार भएको गिरानचौर एकीकृत बस्ती नजिकै रहेको छ । सो एकीकृत बस्ती निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले आफनो एक महिनाको तलव उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप