बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस संसदीय दल बैठक : मोर्चाको कारण निर्वाचन मिति घोषणामा कठिनाई

बुधबार, १९ माघ २०७३, १९ : ०४
बुधबार, १९ माघ २०७३

काठमाडौँ – सत्ता साझेदार नेपाली काँग्रेसले मधेशी मोर्चाका कारण तत्काल निर्वाचनको मिति घोषणा गर्न कठिनाई भइरहेको जनाएको छ ।

काँग्रेसले मधेशी मोर्चाले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुनैपर्ने अडान लिएपछि निर्वाचनको मिति घोषणा गर्न ढिलाई भएको स्पष्टिकरण दिएको हो ।

पार्टी संसदीय दलको बुधबार अपरान्ह बसेको बैठकमा नेताहरुले पहिला स्थानीय तह, त्यसपछि प्रदेश सभा र अन्तमा संघीय संसदको निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए ।

मधेशी मोर्चाले लिएको अडानका कारण निर्वाचनको मिति घोषणा गर्न ढिलाई हुन गएको पार्टीका महामन्त्री डा. शशांक कोइरालाले बताए ।

‘स्थानीय निकायको निर्वाचन कसरी गराउने हो ? नयाँ संरचना कि पूरानै संरचना अनुसार गराउने हो ? भन्ने विषयमा छलफल भयो,’ डा. कोइरालाले भने ।

मधेसी दलहरुले संविधान संशोधन बिना चुनावमा जान सक्दैनौँ भनिरहेको अवस्थामा संशोधन विधेयकको बारेमा पनि आजको बैठकमा छलफल भएको डा. कोइरालाले जनकारी दिए । नेपाली काँग्रेसले संविधान संशोधन प्रस्ताव पारित गरेरै निर्वाचनको मिति घोषणा गर्न उपयुक्त हुने अडान पनि लिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप