बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रातो काइलाको डाइलगले थर्कियो तुलसीपुर

बुधबार, १९ माघ २०७३, ०८ : ११
बुधबार, १९ माघ २०७३

दाङ – ‘कृषि मेला २०७३’ मा बुधबार छुट्टै प्रकारको रौनक छायो । कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका चर्चित कलाकारले आफ्नो प्रस्तुति मार्फत दर्शक रिझाए । कलाकारको प्रस्तुतिका कारण अबेर साँझसम्म दर्शकको उलेख्य सहभागिता रहेको थियो ।

एक पछि अर्काे गर्दै चर्चित कलाकार कार्यक्रम स्थलमा देखिए पछि महोत्सव बेग्लै उल्लासमय बनेको थियो । नेपाली चलचित्रका डरलाग्दा खलनायक सुनिल थापा रातो काईलाले बिभिन्न डाइलगले कार्यक्रमको सुरुमा दर्शक तताउने काम गरे । थापाको स्टेज प्रवेश देखि कार्यक्रम प्रस्तुतिसम्म दर्शकले ताली र सिटीले साथ दिए ।

कार्यक्रममा गायक सत्यराज आचार्य, एस कुमार, यम बराल, जुना प्रसाइ, गणेश पराजुली, लोक गायक कृष्ण रेउले , गायिका पुजा पुरी, बिन्दु परियारलगायको गायनसँगै दर्शक गनाउनर नाच्न बाध्य भए ।

त्यस्तै नृत्याङना तृष्ण वुढाथोकी, राधा केसी लगायतको नृत्यमा त दर्शक झनै उत्साहित बने । कार्यक्रममा विकास घले र दिपक कुमालले संचालन गरेको थिए ।

महोत्सवमा बिहिबार गायक सुगम पोख्रेल, शिव परियार, गायिका कोमल वलि , पशुपती शर्मा, जिग्री व्रो, पाडे सोल्टी, कृष्ण रेउले, रक्षा श्रेष्ठ, प्रेम प्रकास मल्ल लगाएतको प्रस्तुति रहनेछ । कृषिको प्रर्बद्धन गर्दै, किसानहरुलाई व्यवसायिक बनाउने उदेश्य रहेको महोत्सवको आयोजक तुलसीपुर उद्योग वाणिज्य संघ रहेको छ । तुलसीपुर स्थित अरनिको मैदानमा १३ गते देखी सुरुभएको महोत्वसव २३ गते सम्म चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप