बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लोकमानदेखि भूमाफियासम्म साँठगाँठ : ललितकला प्रज्ञा–प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायमाथि आरोपै–आरोप

बुधबार, १९ माघ २०७३, १९ : ३३
बुधबार, १९ माघ २०७३

काठमाडौँ – नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारहिरुले कुलपति रागिनी उपाध्यायमाथि गम्भिर आरोप लगाएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानका उपकुलपति शारदा चित्रकार, सदस्य–सचिव नवराज भट्ट, प्राज्ञपरिषद् सदस्यहरु एवं प्राज्ञसभा सदस्यहरुले कुलपति उपाध्यायमाथि आरोप लगाएका हुन् ।

प्रतिष्ठानका अधिकांश पदाधिकारीहरु तथा प्राज्ञसभा सदस्यहरुलाई थाहा नै नदिई कुनै सरसल्लाहबिना प्राज्ञसभाको बैठक बोलाएर छुट्टै माइन्यूट खडा गरी कुलपतिले आफुखुसी निर्णय गराई निरंकुशता लाद्न खोजेकोले भन्दै उनीहरुले आफूहरुलाई सो कुनै पनि हालतमा मान्य नहुने बताएका छन् ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले विगत लामो समयदेखि प्रतिष्ठानको ऐन नियम तथा हितविपरित विभिन्न कार्यहरु गर्दै आइरहेको दाबी उनीहरुको रहेको छ । पत्रकार सम्मेलनमा रागिनीमाथि विभिन्न गम्भिर आरोपहरु पनि लगाइएको छ : यस्ता छन् आरोपहरु 

–तत्कालिन प्रमुख आयुक्त लोकमान सिंह कार्कीसँग गोप्य साँठगाँठ गरी कुलपतिले आफ्नै निर्देशनमा अख्तियारमा प्रतिष्ठानका महत्वपूर्ण फाइलहरु पठाएको

–बंगलादेशसँगको एम् ओ यु प्राज्ञपरिषद् बैठकमा छलफल नै नगरी एकलौटी ढंगले गरेको

–भुमाफियाहरुको मिलोमतोमा प्रतिष्ठानको नक्सालस्थित १५ रोपनी जग्गा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई दिलाउन दोहोरो भुमिका खेलेको

–सदस्य सचिव नवराज भट्टलाई करारका कर्मचारीजस्तो गरी आफ्नो आदेश नमानेको भनेर पदबाटै हटाउने षडयन्त्र गर्दै नेपाली कांग्रेस, एमाले लगायत विभिन्न पार्टीका उच्च तहका नेताहरुका घरघरमा गई सदस्य–सचिवका विरुद्ध भनी केही प्राज्ञसभा सदस्यहरुको फर्जी हस्ताक्षर भएको पत्र देखाउँदै लविङ गर्दै हिडेको

–नयाँ कार्यसमिति गठन भएको १ वर्ष राम्रैसँग चलेपनि विगत १ वर्षदेखि कुलपतिले आफ्नो निजी स्वार्थका लागि विभिन्न निर्णय गर्न सदस्य–सचिवलाई दवाव दिने गरेको

प्रतिष्ठानको प्राज्ञपरिषद्को बैठक विना नै प्रतिष्ठानको नाममा रहेको बैंक खातामा बदनियतपूर्ण तरिकाले आफ्नो विश्वासिलो अधिकृतस्तरका कर्मचारीको नाममा हस्ताक्षर परिवर्तन गराएको जसको कारण कर्मचारी तलब लगायतका आवश्यक काम महिनौ अवरुद्ध पारेको,

–प्राज्ञपरिषद्द्वारा नियुक्त एक प्रशासनिक विज्ञ (राजपत्रांकित दित्तीय श्रेणी सरह) कर्मचारीलाई कार्यालय समयमा कार्यालयमा हाजिर हुन प्रतिबन्ध लगाएको र प्रहरी प्रशासन लगाएर थुनाउन खोजेको, मानसिक यातना दिएको

–विदेशी मित्रहरुबाट प्रतिष्ठानलाई प्राप्त बहुमुल्य उपहारहरु, चित्र मूर्तिहरु निजी घरमा लगेर आफ्नो निजी सम्पत्ति बनाएको

–प्रतिष्ठानमा पदाधिकारीहरु तथा कर्मचारीहरुबीच फुट गराई गुट उपगुट बनाएको,

–प्रतिष्ठानभन्दा बाहिर गई नियमित रुपमा गोप्य बैठक बसी प्रतिष्ठानविरोधी गतिविधिहरु गरेको, प्रतिष्ठानको सवै गोप्य दस्तावेजहरु र सूचनाहरु प्रतिष्ठान हित विपरित हुने गरी विभिन्न ठाउँमा र मिडियाहरुमा वितरण गरेको

– कुटनीतिक मर्यादालाई नाघेर मित्रराष्ट्र चीनको एक चीन नीतिमा असर पर्ने गरी गतिविधि गरेको, दलाई लामा सम्बन्धी विवादास्पद चित्रको प्रदर्शनी गरेको यसमा प्रतिष्ठानको नामसमेत मुछेको

– प्रतिष्ठानको कुलपति भएको साढे दुई वर्ष भईसक्दा पनि नेपाल भारत विपि फाउण्डेशन नछाडेको तथा दोहोरो सुविधा लिएको,

– नेपाल सरकारबाट वर्षेनी प्रदान गरिने विभिन्न पुरस्कारहरुमा व्यापक धाँधली गरेको, आसेपासेलाई पुरस्कार बाँडेको तथा योग्य र सक्षम कलाकारहरुलाई विभिन्न कार्यविधि बनाई पुरस्कारबाट बञ्चित गरेको आरोप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप