बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

काभ्रे सम्पर्क समिति युएईको अधिवेशन सम्पन्न

बिहीबार, २० माघ २०७३, १० : १०
बिहीबार, २० माघ २०७३

युएई–काभ्रे सम्पर्क समिति युएईको दोस्रो अधिवेशन दुबईस्थित जाविल पार्कमा २७ जनवरी २०१७ मा सम्पन्न भएको छ ।

अधिवेशनले दिल लामाको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा गोविन्द पन्त, महासचिवमा उत्तम विक, सचिव जनक सापकोटा, कोषाध्यक्ष रविन्द्र बहादुर तामाङ रहेका छन । कार्यसमिति सदस्यहरुमा क्रमशः निर्मला खड्का, नवराज ढकाल, रामचन्द्र खड्का, चन्द्रसागर लामा, रिता लामिछाने, निरन्जन बस्नेत, जानुका पन्त र योगेश लामा चयन भएका छन् ।

समितिका निर्वतमान अध्यक्ष चन्द्र ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ युएई शाखा अध्यक्ष भुपराज वस्यालले नयाँ कार्य समितिलाई बधाई र सफल कार्यकालको कामना गरेका थिए । साथै उनले युएईमा रहेका विभिन्न संघ संस्थाहरुसँग महासंघ हातेमाले गरिरहने कुरामा जोड दिएका थिए ।

अधिवेशनले अशोक बानिया र चन्द्र ढकाल रहने गरि २ सदस्यीय सल्लाहकार समिति निर्माण गरेको छ । कार्यक्रममा अतिथि, प्रतिनिधि, पर्यवेक्षकहरुलाई विभिन्न खानाका परिकारका साथमा बनभोज र साँस्कृतिक कार्यक्रम देखाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप