बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मात्रिकाले प्रचण्डलाई भने, ‘प्रदेश इन्चार्ज बस्दिँन’

बिहीबार, २० माघ २०७३, १७ : १४
बिहीबार, २० माघ २०७३

काठमाडौँ – संगठनको व्यवस्थापनप्रति असन्तुष्ट रहेका माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी अध्यक्ष प्रचण्डसमक्ष प्रदेशको इन्चार्जबाट मौखिक राजीनामा बुझाएका छन् ।

नेता यादवले अध्यक्ष प्रचण्डलाई भेटेर २ नम्बर प्रदेशको इन्चार्ज नरहने बताएका हुन् ।

संगठनको बैठक बस्न खोज्दा नेतृत्वले सहयोग नगेर उल्टै चलखेल गरेको भन्दै यादव असन्तुष्ट रहेका छन् ।

स्रोतका अनुसार यादवले केही समयअघि नै प्रचण्डलाई आफू प्रदेश इन्चार्ज बस्न नसक्ने र आफ्नो स्थानमा अरुलाई राख्न आग्रह गरेका थिए ।

यद्यपि, यसबारे पार्टी अध्यक्ष प्रचण्डले हालसम्म कुनै निर्णय गरेका छैनन् ।

केही दिनअघि वाइसिएलको एकता भेलामा पनि मात्रिका यादव पक्षका कार्यकर्ताले विरोध गर्दै कार्यक्रम बहिस्कार गरेका थिए ।

पार्टी परित्याग गरेका यादव गत जेठमा भएको एकता प्रक्रियाबाट पुनः माओवादी प्रवेश गरेका थिए ।

यादवलाई यसबारे सम्पर्क गर्दा उनले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप