बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

बिहीबार, २० माघ २०७३, ०८ : २०
बिहीबार, २० माघ २०७३

भीमदत्तनगर - ट्रयाक्टरको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दार्चुला लाली घर भई हाल भीमदत्तनगरपालिका–१२ ऐरीमा बस्दै आएका ३२ वर्षीय धर्मानन्द भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ढुङ्गा लिन महाकाली नदीतर्फ गइरहेको से १ त ४७५२ नंको ट्रयाक्टरले भट्टलाई प्रहरीको अञ्चल गुल्म कार्यालयअगाडि ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप