बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ट्रम्प र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच भनाभान, बीचैमा फोन काटे ट्रम्पले

बिहीबार, २० माघ २०७३, १७ : २९
बिहीबार, २० माघ २०७३

वासिङटन – गत शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अस्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलबीच भएको टेलिफोन वार्तामा दुई नेताबीच भनाभन भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकाले अस्ट्रेलियाबाट शरणार्थी लिने सम्बन्धमा छलफल हुँदा दुई नेताबीच फोनमा विवाद भएको बताइएको छ ।

शनिबार ट्रम्पले अन्य चार जना विश्वका नेताहरुसँग पनि फोनमा कुराकानी गरेका थिए ।

अस्ट्रेलियालाई अमेरिकाको नजिकको सहयात्री मानिन्छ ।

शरणार्थी विवाद

पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा अमेरिका र अस्ट्रेलियाबीच अस्ट्रेलियाको डिटेन्सन सेन्टरमा रहेका शरणार्थीहरुलाई अमेरिकाले लिने सहमति भएको थियो ।

यसमध्ये धेरैजना ट्रम्पले प्रतिबन्ध लगाएका मुस्लिम बाहुल्यता भएका देशहरुका छन् । शुक्रबार ट्रम्पले १२० दिनसम्म सबै शरणार्थीहरुले लिने प्रक्रिया बन्द गरेका थिए भने सिरिया शरणार्थीलाई अनिश्चितकालका लागि अमेरिका प्रवेशमा निषेध गरेका थिए ।

स्रोतका अनुसार ट्रम्पले अस्ट्रेलियाबाट २ हजार शरणार्थी लिन मुर्खता हुने बताएका थिए । उनले ती मध्ये कोही अर्को बोस्टन बम हमलावर हुने सक्ने कुरा ट्रम्पले राखेका थिए ।

टर्नबुलले ट्रम्पलाई २ हजार नभएर १२५० शरणार्थी लिने सहमति भएको बताएका थिए ।

यता, ट्रम्पले आफूले अमेरिकाको शरणार्थी कार्यक्रम निलम्बन गरेको बेला कसरी ओबामाको कार्यकालमा भएको सहमति कार्यान्यवन हुन्छ भनेर प्रश्न गरेका थिए ।

त्यसपछि ट्रम्पले रिसाउँदै बीचैमा फोन काटेको सिएनएनले जनाएको छ ।

यस विषयमा बझ्न खोज्दा प्रेस सेक्रेटरी सिन स्पाइसरले फोन नउठाएको समाचारमा उल्लेछ ।

यता, अस्ट्रेलियाका प्रधानमन्त्रीले भने अमेरिकी मिडियामा आएको समाचारबारे आफू टिप्पणी नगर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप