बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रोडक्ट : कस्तो छ टाटाको नयाँ ‘डायनामिक ह्याचब्याक टियागो’ ? (भिडियो)

बिहीबार, २० माघ २०७३, १२ : ४४
बिहीबार, २० माघ २०७३

काठमाण्डौ– बढ्दो शहरीकरण, परिवर्तित जीवनशैली र कामको व्यस्तता हरेक मानिसको दैनिकी भइसकेको छ । यस्तो बेलामा नीजि सवारी साधन धेरैजसो नेपालीका लागि अनिवार्य जस्तै भएको छ । तर, बजारमा आएका कतिपय सवारीसाधन मध्यमवर्गिय मानिसले प्रयोग गर्न चाहेर पनि सकिरहेका छैनन् ।

त्यसैले सुलभ मुल्यमा सुविधा सम्पन्न सवारी साधन प्रयोग गर्ने धेरेको चाहान पुरा गर्ने उदेश्यलाई मध्यनजर गर्दै टाटा मोटर्स्को नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नयाँ स्पोर्टी ह्याचव्याक टियागो नेपाली बजारमा भित्रयाएको छ । यो गाडी नेपाल आएको छोटो समयमै सर्वसाधारणले बढि रुचाएका छन् । त्यसैले नेपालभरबाट यसको माग समेत आइरहेको सिप्रदी ट्रेडिङ प्रा.लिका जनरल म्यानेजर प्रविन खतिवडाको भनाई छ ।

गत अगस्ट ३० तारिखमा नाडा अटो शोमार्फत बिक्रि खुल्ला गरिएको ह्याचब्याक टियागोलाई अहिलेसम्म झण्डै चारसय उपभोक्ताले मन पराएर खरिद गरिसकेका छन् ।

‘नेपालको सडक सुहाउँदो यो गाडी साँघुरा सडकदेखि घुम्ती र फराकिला सडकमा समेत सजिलै चलाउँन मिल्ने भएकाले धेरैको रुचि बढेको हो’ जनरल म्यानेजर खतिवडा भन्छन् ।

टियागोका विशेषता

विशेष सुविधा तथा अत्याधुनिक ड्राइभिङ्ग प्रविधि, उत्कृष्ट फ्यूल क्षमताले ग्राहकहरुलाई नयाँपनको अनुभूतिसहित विशेष अनुभव प्रदान गर्ने टिएगोका प्रमुख विशेषता हुन् । अत्याधुनिक डिजाइनसहित डाइनेमिक ड्राइभिङ्ग सुविधा टियागोमा छ । नेपालमा रु.२२.५५लाख देखि उपलब्ध हुने नयाँ रिभोटर्न १.२ लि.पेट्रोल इन्जिन क्षमता रहेको सिप्रदीले जनाएको छ । त्यतिमात्र होइन, गाडी खरिद पश्चात् ग्राहकरुको अनुभव एवं प्रतिक्रियालाई सधैं ध्यानमा राख्ने गरेको छ ।

कम्पनीले प्रदान गर्ने अन्य सुविधाहरु जस्तै ४८ घण्टामा मर्मत ग्यारेण्टी, फास्ट ट्रयाक सेवा, झन्झटरहित सेवाको लागि २४ घण्टे ग्राहक सेवा सुविधा आदिको जानकारी एवं प्रयोगका लागि टाटामोटर्स कन्ट्याक्ट मोबाइल एप्लिकेशनद्वारा ग्राहकहरुको सेवालाई स्तरीयता प्रदान गरेको छ ।

साथै, उक्त एप्लिकेशनले नेपालभरका ग्राहक सेवा नेटवर्कमा प्रदान गरिने पिकअप र ड्रप सेवाको समेत जानकारी प्रदान गर्नेछ विभिन्न आकर्षक विशेषता हरुसहितको स्टाइलिस उक्त कारले ग्लोबल डिजाइन र स्तरलाई प्रत्याभूत गरेको छ । नयाँ ग्राहक एवं गाडी प्रयोग कर्ताहरुमाझ समेत ख्याती कमाई नेपाली वर्गमा प्रतिस्पर्धात्मक उत्पादन सावित हुनेमा कम्पनीको विश्वास छ ।

यसकारण मजबुत छ टियागो

पुने, यू.के. र ईटलीको डिजाइन स्टुडियोहरुद्वारा अत्याधुनिक तवरमा निर्मित टाटा टियागोको बाहिरी बनावटमा डाईनामिक सिल्हुयुट प्रयोग गरिएको छ, जसले गाडीको उत्कृष्ट डिजाईन र कम्प्याक्ट लुकको प्रतिनिधित्व गर्दछ । सिग्नेचर हेग्जागनग्रिलमा भर्टिकल पोजिसनमा राखिएको तीनवटा नयाँ ‘टि’ लोगोले बोल्ड र विश्वस्त बनावटसहित गाडीलाई चुस्त एवं आकर्षक लुक प्रदान गरेको छ ।

यसका इन्टेरियर डिजाइनहरुलाई प्रिमियम अनुभव प्रदान गर्न अत्याधुनिक तवरले निर्माण गरिएको छ । काक्रोम ह्यान्डल, निटेड फ्याब्रिक, कलर हार्मोनी, ड्यूल टोन इन्टेरियरसहित लेयर्ड डिजाइन थिम, कस्टुमाइजेबल एयर भेन्टस्,फ्याब्रिक प्रिमियमग्राफिक, बडी हगिङ्ग सिट ब्लोल्सर्टस् यसका मनमोहक र थप आकर्षक विशेषता मानिन्छन् ।

इको र मल्टी ड्राइभ मोड

उत्कृष्ट पर्फमेन्स र ड्राइभिङ्ग डाइनामिक जस्ता विशेषताहरुले कारलाई झनै पूर्णता प्रदान गरेको छ । कम्पनीले १.२ लि. पेट्रोल इन्जिनसहित पेट्रोल भेरियन्टमा उपलब्ध गराएको उक्त कार रोड पर्फमेन्सका लागि विश्वस्तरीय साबित छ ।

इन्जिनम्यानेजमेन्ट सिस्टमद्वारा सपोर्ट गरिएको नयाँ जमानाको सिटी र इको जस्ता मल्टीड्राइभ मोडसहित डिजाइन गरिएकाले एउटै इन्जिनले २ वटा इन्जिन बराबरको काम गर्ने क्षमता राख्ने यो कारले उत्कृष्ट फ्यूल इकोनोमी कायम राखी विशेष ड्राइभिङ्गको अनुभव प्रदान गर्ने गरेको उपभोक्ताहरुको अनुभव छ ।

टिएगोका सुरक्षित विशेषता अन्तर्गत फ्रन्ट एयरब्याग, नवौं जेनेरेशनको अत्याधुनिक एवीएस र इवीडी कर्नर स्टेबिलिटि कन्ट्रोल, इन्फोटेनमेन्टमा डिस्प्लेसहित रियर पार्किङ सेन्सर, अत्यधिक सुरक्षाको लागि ईनर्जी अबजर्भिङ्ग बडी बनावट रहेका छन् ।

अटोमोटिभ रिसर्च एशोसियसन, ईन्डियाका अनुसार पनि टियागोले १.२ लि. पेट्रोल रिभर्टनमा २३.८४ कि.मि. प्रतिलि. को उत्कृष्ट फ्यूल क्षमतासहित आफ्नो वर्गमा सर्वोकृष्ट फ्यूल प्रदान गर्ने कार साबित भइ पुरस्कृत समेत भइसकेको छ ।

मनोरञ्जनको दुनियाँमा कनेक्ट हुने ग्राकहरुको चाहनालाई मध्यनजर राख्दै टाटा टियागो लाई हर्मन प्रविधिमा निर्माण गरिएको इन्फोटेनमेन्ट सिस्टमले सुसज्जित गरिएको छ ।

साथै उक्त कारमा पहिलो पटक टर्नबाइटर्न नाभी एप र जुके कार एपको समेत प्रयोग गरिएको छ । टियागो कारमा टाटा मोटसर््ले ४ वर्षको वारेण्टी वा ७५,००० कि.मी. (जुनपहिला आउँछ त्यही) प्रदानगर्ने घोषणा गरेको छ । एक्सई, एक्सएम र एक्स जेड भेरियन्टमा उपलब्ध यो कार ४ वटा आकर्षक रङ्गमा रहेका छन् ।

टाटा मोर्टस्को पृष्ठभुमि

कुनै पनि सामान प्रयोग गर्नुभन्दा पहिले त्यसको पृष्ठभुमि जान्न जरुरी छ । नकि त्यसको प्रयोगले आफुलाइ कति फाईदा वा बेफाईदा हुदैछ भन्ने बुझ्न अनिवार्य छ ।

टाटा मोर्टस् लिमिटेड २०१५/१६ मा रु. २,७५,५६१ करोड कूल आयका साथ भारतको सबैभन्दा ठूलो अटो मोबाइल कम्पनी बनेको छ ।सहायक कम्पनीमार्फत् टाटा मोटर्स यु.के., दक्षिण कोरीया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा पनि सञ्चालित छ । त्यस मध्येको ज्यागुअर ल्याण्ड रोभरले दुई स्थापित र परिचित ब्रिटिस अटोमोबाइल ब्राण्डहरुलाई समेट्दछ । कम्पनीको भारतमा फियाटसँग संयुक्तऔद्योगिक भेन्चर– लगानी समेत रहेको छ । हाल ९० लाख टाटाका गाडीहरु भारतीय सडकमा गुडिरहेका छन् जसले टाटा मोटर्सलाई भारतीय बजारमा कमर्सीयल गाडी र प्यासेन्जर गाडीे बिक्रीको प्रमुख हिस्सा दिलाएको छ । टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका, मध्यपूर्व, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, दक्षिण अमेरिका, अस्ट्रेलिया, रसिया लगायत विश्वका विभिन्न भागहरुमा बिक्री वितरण हुदै आएको छ ।

के भन्छन् सिप्रदी ट्रेडिङ प्रा.लिका जनरल म्यानेजर प्रविन खतिवडा ? (भिडियो सहित)

–नेपाली बजारमा आएको ४ महिनामा मै २ सय ५० ट्यागो कार बिक्री भएका छन् ।

–आकर्षक डिजाइन, मल्टी ड्राइभिङ फिचर, पावरफूल फिचरका कारण ट्यागो कारप्रति उपभोक्ताको रुचि बढेको छ ।

–बिएम डब्लु, मर्सिडिज गाडिमा प्रयोग हुने गुणस्तरका सामग्रीका साथै आकर्षक डिजाइन समेत रहेकाले गाडी प्रति उपभोक्ताको आकर्षण बढेको हो ।

–गाडि सिटी र इकोनोमिक मोडमा चलाँउन सकिन्छ । इकोनोमिक मोडमा चलायो भने माइलेज बढी आँउने, स्पीड बढी चाहियो भने सिटी मोडमा चलाँउन सकिने ट्यागोको बिशेषता हो ।

– भारतमा १० वटा अवार्ड जित्न सफल भएको ट्यागो ब्रान्ड ह्याजमा सबैभन्दा बढी फिचरीङ भएको गाडि मानिन्छ ।

–यो बर्ष ५ सय गाडी बिक्री गर्ने लक्ष राखिएपनि अर्को बर्ष डिजेल भर्सन ल्याएपछि १ हजार कार बिक्री गर्ने लक्ष रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप