सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

केटीको फिगर बिक्छ, केटाको स्टाइलः अनमोल केसी

मङ्गलबार, २३ माघ २०७४, ११ : ०३
मङ्गलबार, २३ माघ २०७४

काठमाडौँ– चलचित्र ‘कृ’ यही शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउँदैछ । रिलिज डेट नजिकिँदै गर्दा यसका हिरो अभिनेता अनमोल केसीको चर्चा झन् चुलिँदो छ । विशेष गरेर युवा पुस्तामाझ लोकप्रिय अनमोलको चलचित्रबाट धेरैले धेरै थरीका आस गरेका छन् । अनमोललाई आफ्नो मनमा सजाउने युवतीहरू उनको चलचित्र हेरेर उनीसँग नजिकिएको चाहना पूरा गर्ने आसमा छन् भने वितरकहरू यस अगाडिका चलचित्रले बनाएको रेकर्ड ‘कृ’ तोड्ने आसमा छन् । तर अभिनेता अनमोल भने कुनै पनि व्यावसायिक रेकर्ड तोड्ने आफूमा प्रेसर नभएको बताउँछन् । सोमबार राजधानीमा आयोजित चलचित्रको ‘मैले जानी नजानी’ बोलको गीत सार्वजनिक कार्यक्रममा पनि अनमोलले यही कुरा दोहोर्याएका छन् । उनले आफ्नो प्रतिस्पर्धा कुनै पनि नेपाली चलचित्रसँग नभएको बताउँदै  ‘कृ’मा आफूले निर्वाह गरेको दुई थरीकै भूमिका दर्शकले रुचाउने बताउँछन् । ‘उमेर बढेसँगै अभिनयमा पनि आफूले थुप्रै परिवर्तन गरेको बताउने अनमोलसँग गरिएको छोटो कुराकानी :

तपार्इंको पछिल्लो चलचित्र ‘कृ’ शुक्रबारबाट रिलिज हुँदैछ । एक्साइटेट र डरमध्ये के बढी छ ?
– डर बढी छ । किनभने यो चलचित्रको एक्स्पेक्टेसन धेरै छ । दुई वर्षपछि मेरो चलचित्र प्रदर्शनमा आउँदैछ । म चलचित्र प्रदर्शनको कुरालाई लिएर धेरै एक्साइटेट छु भने डर पनि धेरै छ । मलाई मेरा फ्यान दर्शकले चलचित्र रुचाउनु हुन्छ भन्ने विस्वास छ । 
 

चलचित्रमा विषय के छ, जसको कारणले यो चलचित्र छुटाउन मिल्दैन ?
–‘कृ’बाट अभिनयमा पनि मैले केही फरक पन दिन खोजेको छु । मेरो चलचित्र रोमान्स दर्शकले पाहिला पनि हेर्नुभएको हो । यसमा भने एक्सन अवतारसमेत प्रस्तुत भएको छु । दर्शकका लागि यो नौलो स्वाद हुनसक्छ । 

चलचित्रका केही गीत रिलिज भएका छन् । गीतले पाएको दर्शक प्रतिक्रियाबाट सन्तुष्ट लिने ठाउँ छ कि छैन ?
– सन्तुष्ट छु । दर्शकले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । आज गीत परिलिजमा केही टेक्निकल प्रोब्लम आयो । त्यो सुधारिएर आउने छ । निर्माणका रूपमा भन्नुपर्दा अपेक्षा गरेअनुसार आएको छ । मेरो विचारमा राम्रो गीत सङ्गीत राखेर ‘कृ’ जस्तो चलचित्र बन्नु भनेको नेपाली चलचित्र उद्योगले गर्व गर्नुपर्ने कुरो हो ।

अनमोललाई अहिले मेघा स्टार भन्ने गरिएको छ । ‘कृ’ चलचित्रले त्यो स्थानमा पुर्याउँछ त ?
–मलाई विभिन्न स्टारको संज्ञा दर्शक, चलचित्रले दिएका होइन । मिडियाले बनाइ दिनुभएको हो । मिडियाले मलाई अहिलेसम्म जसरी साथ र सापोर्ट दिनुभएको छ । त्यसरी नै आगामी दिनमा दिए पुग्छ । चलचित्र ‘कृ’ले अभिनेताका रूपमा मलाई अझ अगाडि बढाउँछ ।

तपाईंका कारणले चलचित्र प्रदर्शनमा आउनु एक साता पहिले विदेशमा गएर गीत छायाङ्कन गरिएयो भन्ने छ नि ?
–यो गीत विदेशमा खिच्ने युनिटको पहिलेदेखिकै प्लानिङ थियो । तर चलचित्रको काम सेडुलअनुसार नभएकाले रिलिजको सँघारमा हतार हतार गरेर गीत छायाङ्कन गर्नुपरेको हो ।

‘छक्का पन्जा’ले बनाएको रेकर्ड अब अनमोलको चलचित्रले मात्र तोड्छ भन्ने चर्चा बजारमा छ । तपाईंलाई के लाग्छ ?
– मेरो तुलना नेपाली चलचित्रको कुनै पक्षसँग पनि गर्न मन लाग्दैन । यो क्षेत्रमा जति पनि छन् ती सबै मभन्दा सिनियर छन् । ‘छक्का पन्जा’ टिमको कुरा गर्दा पनि चलचित्रमा जति कलाकार छन् । ती सबै अभिनय क्षेत्रमा मभन्दा सिनियर हुन् । त्यसैले नेपाली चलचित्रभन्दा पनि नेपाली दर्शकलाई हिन्दीबाट छुटाएर नेपाली चलचित्र हेर्ने बनाउनु आजको चुनौती हो भन्ने मैले बुझेको छु । त्यसैले छक्का पन्जाको रेकर्ड मैले तोड्नु पर्छ भन्ने लागेको छैन ।

आज रिलिज गरिएको गीत जाडो ठाउँमा खिचिएको छ । अभिनय समयमा कतिको गाह्रो महसुस भयो ?
–उक्त स्थानमा गीत छायाङ्कन गर्दा जाडो मलाई मात्र होइन, सबैलाई भएको थियो । तर अभिनेत्री अदीतिका कारणले हामीले जाडो महसुस गरिरहेका थिएनौँ । किनभने उनी हल्काफुल्का ड्रेसमा पनि अभिनय गरिरहेकी थिइन् । विचरा उनी त गरिरहेकी छन् । मैले त धेरै लुगा लगाएको छु । केको जाडो भन्ने फिलिङ हुन्थ्यो । गीतमा स्टाइलिस देखाउनु पर्ने भएकाले कोट लगाएको थिए । हिरोले फिगर देखाउनुपर्ने भए गाह्रो हुन्थ्यो होला । सोबिज नै यस्तै छ । केटीहरूको फिगर बिग्छ भने केटाहरूको स्टाइल बिग्छ । 

‘कृ’मा तपाईंसँग रोमान्स गरेकी अदीति स्टाग्रामकी पनि क्विन हुन् । तपाईंलाई चाहिँ कुन अदीति मनपर्छ ?
–अदीति त अदीति हुन् । उनको जुनै रूप पनि राम्रो लाग्छ ?

अक्षय कुमारको ‘प्याड म्यान’सँग ‘कृ’ भिड्दै छ । अक्षयको फ्यान पनि नेपालमा धेरै छन् । चलचित्रको व्यवसाय के हुने हो भनेर डर लागेको छैन ?
–अहिलेको समयमा आएर त्यसले केही फरक पार्दैन । यो वर्षको कुरा गर्ने हो भने बलिउडका चलचित्रसँग जति नेपाली चलचित्र जुदेका छन् ती सबै चलचित्रले राम्रो व्यवसाय गरेका छन् । पछिल्लो समय नेपाली चलचित्रलाई दर्शकले माया गर्दिनुभएको छ । दर्शकको चाहनाअनुसार पनि चलचित्र बनिरहेको छ । त्यसैले केही डर त छ तर दर्शकले हामीलाई सपोर्ट गर्नु हुन्छ भन्ने लागेको छ । 

तपाईंका दर्शक मल्टिप्लेक्समा बढी छन् नि सिङ्गल थिएटरमा ?
– पहिलेको सन्दर्भमा भन्ने हो भने मल्टिप्लेक्स नै हो । तर अहिले सिङ्गल थिएटरमा पनि मलाई खोजिन्छ । चलचित्रको ‘यति यति पानी’ गीतले पाएको दर्शकबाट पनि सो अनुमान लगाउन सकिन्छ । मैले पनि कमर्सियल मात्र नभएर सबै दर्शकलाई समेट्ने प्रयास यो चलचित्रबाट गरेको छु ।
 
चलचित्रले कति कलेक्सन गर्छ, अनुमान गर्न सक्नु हुन्छ ?
– व्यवसायतिर मेरो ध्यान छैन । किनभने म निर्माता होइन । निर्माता भएको भए मेरो त्यतातिर ध्यान जान्थ्यो होला । मेरो त्यान चलचित्र रिलिज भएपछि दर्शकले मेरो अभिनयको बारेमा कस्तो प्रतिक्रिया दिन्छन् । दर्शकले अभिनय रुचाउँछन् कि रुचाउँदैनन् भन्नेतिर रहन्छ । 

‘ड्रिम्स’बाट अभिनयमा डेब्यु गर्ने अभिनेत्री साम्राज्ञीको अहिले ट्याटु सामाजिक सञ्जालमा भाइरल भएको छ । यसलाई तपाईंले कसरी लिनुभएको छ ?
–म विदेशमा थिएँ, त्यससम्बन्धी केही थाहा छैन ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप