बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गिट्टी, बालुवा निकाल्ने कार्यले बरुवा नदीको पुल जोखिममा

बिहीबार, २० माघ २०७३, १३ : ४४
बिहीबार, २० माघ २०७३

उदयपुर - गाईघाटस्थित बरुवा नदीको पुल आसपास क्षेत्रबाट अवैधरुपमा गिट्टी, बालुवा निकाल्दा बरुवा पुल जोखिममा परेको छ ।

पुल तथा अतिसंवेदनशील स्थान आसापासको क्षेत्रबाट गिट्टी बालुवा तथा ढुङ्गा निकाल्न नपाइने प्रावाधान भएपनि बरुवा नदीको पुलमुनि र यसका आसपासका क्षेत्रबाट हिजोआज दैनिकरुपमा रात्रिको समयमा सयौँको सङ्ख्याका ट्रयाक्टरले अवैधरुपमा गिट्टी, बालुवा उत्खनन गरेर निकाल्ने गरेको स्थानीय केदारप्रसाद रेग्मीको गुनासो छ ।

पुलको २० मिटर क्षेत्रफल आसपासमा अहिले रात्रिको समयमा गिट्टी तथा बालुवा उत्खनन गरेर निकाल्दा पुलका पिलरमा असर पर्ने अर्का स्थानीय देवीदत्त तिमलसिनाको भनाइ छ ।

पुलका आसपास ठूलाठूला खाल्डा पर्न थालेकाल पुल भासिन सक्ने अवस्था रहेको पनि उनी बताउँछन् ।

तीन महिनादेखि संवेदनशील स्थानमा अवैधरुपले गिट्टी तथा बालुवा झिक्ने कार्य भइरहँदा पनि सम्बन्धित निकायले भने कुनै चासो देखाएको छैन ।

समयमै अबैध उत्खनन नियन्त्रण नभए बरुवा पुल उच्च जोखिममा पर्ने अवस्था रहेको पनि स्थानीयबासी बताउँछन् । डेढ वर्ष अघिमात्र उद्घाटन गरेर सञ्चालनमा आएको दुईसय २१ मिटर लम्बाइ तथा नौ वटा पिलर रहेको सो पुल उदयपुरमध्येकै सबैभन्दा ठूलो पुल हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप