बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेविसंघका नेता भन्छन् ‘स्ववियु चुनाव स्वीकार्छौ’

बिहीबार, २० माघ २०७३, १३ : ४९
बिहीबार, २० माघ २०७३

काठमाडौ–पार्टी नेतृत्वसँगको छलफलपछि नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सहभागी हुने स्पष्ट पारेको छ ।

त्रिभुवन विश्वविद्यालयले उमेर हदबन्दी तोकेपछि विवादमा तानिएको नेविसंघ पार्टी नेतृत्वसँगको छलफलपछि निर्वाचनमा सहभागी हुने भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले उमेर हदलगायतका विवाद सम्बन्धित निकायसँग छलफल गरेर पार्टी नेतृत्वले नै समाधान गर्ने आश्वासन दिएपछि नेविसंघका नेताहरु निर्वाचनमा जान तयार भएका हुन् । छलफलमा शीर्ष नेताहरुले विद्यार्थीहरु साना तिना विवादमा अल्झिँदा निर्वाचनमा आफ्नो पकड कमजोर हुने भन्दै समस्यमा भन्दा चुनावलाई प्राथमिकता दिएर अघि बढ्न निर्देशन दिएका थिए ।

शीर्ष नेतृत्वसँगको छलफलमा विद्यार्थी नेताहरुले अघिल्लो निर्वाचनमा मतदाता भएका विद्यार्थीहरु यस पटक उम्मेद्वार बन्न नपाउने त्रिविको निर्णयको विरोध गर्नु परेको आन्दोलित हुनु परेको बताएका थिए । उनीहरुले विगतमा अपनाइएका विधि र प्रक्रियाकै आधारमै निर्वाचनमा जानुपर्ने बताएका थिए ।

त्रिविले २८ वर्षसम्मका विद्यार्थीले मात्र स्ववियु निर्वाचनमा भाग लिन पाउने नयाँ व्यवस्था गरेसँगै आन्तरिक रुपमा विवादित नेविसंघले विभिन्न क्याम्पसमा तालाबन्दी गरेर आन्दोलित भएको थियो ।

निर्वाचनको तयारीमा अन्य विद्यार्थी संगठनहरु लागिसकेपनि नेविसंघ भने आन्तरिक गुटका कारण विवादमा तानिएपछि पार्टी नेतृत्वले हस्तक्षेप गरेर विवाद समाधानको प्रयास गरेको हो ।

यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर विद्यार्थी नेताहरुले त्रिविको निर्णय मान्य नहुने भन्दै उमेरहद बिना नै निर्वाचनमा जानुपर्ने माग गर्दै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप