बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पूर्ण सरसफाईयुक्त जिल्ला बन्दै गुल्मी

बिहीबार, २० माघ २०७३, ०८ : ०९
बिहीबार, २० माघ २०७३

गुल्मी - गुल्मीलाई पूर्ण सरसफाई जिल्ला बनाउने अभियान तिब्र रुपमा अगाडी बढेको छ । जिल्ला विकास समिति र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आर्थिक सहयोगमा अभियान चलाईएको हो ।

गतवर्ष असार २६ गतेका दिन खुल्ला दिशामुक्त घोषणा भएपछि जिल्लामा सरसफाईका कार्यक्रम धमाधम सञ्चालन भईरहेका छन् । ‘गुणस्तरिय जीवनको अधार सरसफाई र स्वच्छ व्यवाहार’ भन्ने नारा सहित सरसफाईका कार्यक्रम सञ्चालन गरीएको स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठले बताईन् ।

जिल्लाका भार्से, पल्लीकोट र भनभनेमा नमुना सरसफाई कार्यक्रम सञ्चालन गरिएको उनले बताईन । ‘जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीको अनुगमन पछि भार्से गाविसलाई गुल्मी जिल्लाकै पहिलो पुर्ण सरसफाई युक्त गाविसको रुपमा घोषणा समेत गरिसकेको छ भने पल्लीकोट र भनभने गाविस पुर्ण सरसफाई घोषणाको लागी तयारी अवस्थामा रहेका छन्’, उनले भनिन् ।

सरसफाई गुरुयोजना २०६८ ले पुर्ण सरसफाई सम्वन्धी निर्धारण गरेका सुचकलाई अनुसरण गर्दै वडा हुदै गाविसलाई पुर्ण सरसफाई घोषणा गर्दै लगीएको हो ।

सो अन्तर्गत चर्पीको नियमित प्रयोग तथा सरसफाई, महत्व पुर्ण अवस्थामा सावुनपानीले हात धुने, पिउने पानीको शुरक्षित व्यवस्थापन र शुद्धीकरण, व्यक्तिगत सरसफाई, घरायसी सरसफाई र वातावरणीय सरसफाई जस्ता सुचकका आधारमा तोकीएको क्षेत्रमा सरसफाइका सुविधा र स्वाच्छता प्रर्वद्धन तथा वानी व्यवाहारमा विकास÷परिवर्तनको माध्यामवाट सरसफाई युक्त अवस्था हासील गरिसकेपछि पुर्ण सरसफाई भएको भनेर घोषणा गर्ने गरिएको छ ।

जिल्ला विकास समितिले यो वर्ष विभिन्न गाविसका ४० वटा वडालाई पुर्ण सरसफाई युक्त घोषणा गर्ने लक्ष्य लिएको छ । सोही अनुरुप धुर्कोट रजस्थल, जैसिथोक, ठुलोलुम्पेक, जुनिया, थानापति, विरवास, तुराङ, दिगाम, जुभुङ र वस्तुमा पुर्ण सरसफाई सम्वन्धी विभिन्न क्रियाकलापहरु अगाडि बढाइएको छ । ती गाविसका केहि वडाहरु घोषणा गरिसकिएको छ भने धेरै जसो वडाहरु घोषणाको प्रक्रियामा रहेका छन । यी बाहेक जिल्लाका अन्य गाविसमा पनि विभिन्न गाविसमा पनि पुर्ण सरसफाई सम्वन्धीका गतिविधीहरु चलिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप