बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गंगामाया बचाऊ अभियान फेरि आन्दोलनमा

बिहीबार, २० माघ २०७३, १४ : १४
बिहीबार, २० माघ २०७३

काठमाडौ–गोर्खा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धि मुद्दा तत्काल फैसला गर्न माग गर्दै दवाव आन्दोलन सुरु भएको छ । द्धन्द्धकालमा हत्या गरिएका अधिकारीको मुद्दाको फैसला गरी पिडितलाई न्याय दिन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री तथा प्रधानन्यायाधिश निवासमा विहिबार विहान एक घण्टा धर्ना दिइएको हो ।

तीन वर्षदेखि विचाराधिन रहेको मुद्दा फैसला गर्न ढिलाई भएपछि पीडित परिवार र विभिन्न मानव अधिकारवादी संघ संगठनले पिडितलाई न्याय दिन माग गर्दै धर्ना दिएका हुन । पीडितलाई न्याय दिन सरकार र न्यायालयलाई दवाव दिनु परेको मानव अधिकारीवादी संघ, संगठनले जनाएका छन । हत्याबारे छानवीन गरी दोषी उपर कडा कार्वाही गर्न माग गर्दै आमरण अनसनमा बसेका कृष्ण अधिकारीका बुबा नन्दप्रसादको अनसन स्थलमै ज्यान गएको थियो ।

यता आमा गंगामाया अधिकारी छोराको हत्यारा पत्ता लगाउन माग गर्दै अनसनमा बस्दै आएकी छन् । तत्काल मुद्दा फैसला गर्दै पीडितलाई न्याय दिन सरकार र न्यायालयलाई दवाव दिनु परेको धर्नामा सहभागी भएकाहरुले बताएका छन् ।

धर्नामा सहभागी भएकाहरुले कानुनी राज्यको प्रत्याभूति दिन समेत सरकारले नसकेको भन्दै आपत्ति समेत जनाएका छन । चितवन अदालतमा अधिकारी हत्या सम्बन्धि मुद्दाको फैसला गर्न ढिलाई हँँुदै आएको पिडितहरुले बताएका छन् । गोर्खा फुजेलका कृष्ण अधिकारीको माओवादी सशसत्र संघर्ष उत्कर्षमा पुगेका बेला चितवनको रत्ननगरमा हत्या भएको थियो । सो सम्बन्धमा चितवन जिल्ला अदालतमा तीन वर्ष अघि मुद्दा दायर भएको थियो । दायर मुद्दाको बहस सकिएपनि अदालतले फैसला गर्न ढिलाई गर्दै आएको छ ।

अधिकारीको विक्रम संवत २०६१ साल जेठ २४ गते अपहरण पछि हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले नै लिएको थियो । मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारालाई खोजेर कार्वाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका थिए ।

लामो समयसम्म कार्वाही नभएपछि कृष्ण अधिकारीका बुबा नन्दप्रसाद र आमा गंगामाया अनसनमा बसेका थिए । उनीहरु अनसनमा बसेको लामो समयपछि प्रहरीले उजुरीबारे अनुसन्धान सुरु गरेको थियो ।

उजुरीमा संलग्नहरुलाई समाएर अनुसन्धान गरी मुद्दा चलाउने प्रयास भएपनि मुद्दा दर्ता भने हुन सकेको थिएन । नन्दप्रसाद र गंगामायाले अनसन जारीनै राखेपछि उजुरी विरुद्ध अनुसन्धान पुरा भई २०७० सालमा चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

हत्याराको कार्वाहीको माग गर्दै अनसनमै रहेका बेला कृष्णप्रसादका बुबा नन्दप्रसादको ज्यान गएको थियो । उनको हालसम्म दाहसंस्कार समेत हुन सकेको छैन । यता मृतकका आफन्त गंगा माया अधिकारीले हत्याराको कार्वाहीको माग गर्दै सुरु गरेको आमरण अनसन पनि जारी नै रहको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप