बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भारतीय विज्ञापनमा प्रियंका

बिहीबार, २० माघ २०७३, १७ : १७
बिहीबार, २० माघ २०७३

काठमाडौं – छोटै समयमै नेपाली चलचित्र क्षेत्रमा दरिलो स्थान बनाउन सफल अभिनेत्री हुन् प्रियंका कार्की । ‘थ्रि लभर्स’बाट चलचित्र अभिनयमा डेब्यु गरेकी उनी अहिलेको हिट एण्ड हट अभिनेत्री पनि हुन् ।

नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेको केही वर्षमै उनको माग ह्वात्तै बढेको छ । गतिला ब्यानरबाट निर्माण हुने चलचित्रका डिमान्डकी हिरोइन पनि हुन् उनी । चलचित्रमा उनको माग दिन प्रतिदिन बढ्दो छ ।

उनी अभिनित ‘छक्का पन्जा’ले अहिले स्वदेशी चलचित्रले बनाएका सबै रेहर्ड तोड्न सफल भएको छ । यसको अलवा ‘वडा नम्बर ६’, ‘झोले, ‘ नभन्नु ल २’, ‘नाई नभन्नु ल ४’ लगायत थुपै हिट चलचित्र उनका सार्वजनिक भएका छन् ।

स्वदेशमा निर्माण हुने म्युजिक भिडियोमा मात्र होइन । बिदेशमा कार्यक्रम आयोजना गर्ने आयोजकले पनि उनको एक प्रस्तुतिका लागि लाखै खन्याउन तर छन् ।

कलाकारितामा छोटै समयमा लामो फड्को मार्न सफल प्रियंकाको अहिले बलिउडमा पनि डिमान्ड हुन थालेको छ । जसको ज्वलन्त उदारण उनले अभिनय गरेको एक बलिउड बिज्ञापनलाई लिन सकिन्छ ।

हिन्दी भाषामा निर्माण भएको ‘इटो चाउचाउ’को बिज्ञापनमा उनको अभिनय देख्न सकिन्छ । ४० सेकेन्ड अवधिको प्रमोसनल बिज्ञापन अभिनयमा उनलाई बलिउडका दुई बालकलाकारले समेत साथ दिएका छन् ।

बिज्ञापनमा उनले हिन्दी शब्दमा केही डाइलग समेत बोलेकी छन् । उनले बोलेको शब्द र अभिनय बिज्ञापनका लागि प्रफेट देखिएको छ । उनको यो पहिलो बलिउड पाइला हो । यस बिज्ञापनले उनलाई बलिउड अभिनयको ढोका भने खोलिदिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप