बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

संविधान संशोधनले जनताको मनोविज्ञानलाई समेट्न सकेन् : नेता भट्ट

बिहीबार, २० माघ २०७३, ०८ : ४५
बिहीबार, २० माघ २०७३

धनगढी - एनेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य लेखराज भट्टले संसदमा दर्ता भएको संविधान संशोधनले जनताको मनोविज्ञानलाई समेट्न नसकेको बताएका छन् ।

आज गेटा विमानस्थलमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य टंक कुवँरले गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

उनले संविधान कार्यान्यनका लागि निर्वाचन हुनु आवश्यक भएको बताउँदै त्यसका लागि जतिसक्दो चाँडो सहमति जुटाएर मिति घोषणा गर्नुपर्ने बताए ।

अहिले सरकारले निर्वाचनमा केन्द्रित रहेर अघि बढ्ने बेला भएको उनको भनाई थियो ।

पूर्वमन्त्री समेत रहेका भट्टले संघीय संरचनामा देश जाँदा फरक नपर्ने र कहकतैका भू–भागहरु नमिलेकाले त्यसलाई मिलाएर विवाद सुल्झाउनेतिर लाग्नुपर्ने धारणा व्यक्त गरे । पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले सात नं. प्रदेश यथास्थितीमै रहने दाबी गरे ।

उनले भने कैलाली कञ्चनपुर टुक्रयाउने कुरा साँचो नभएको बताए । उनी पार्टी र जनवर्गी संगठनका बैंठकहररुमा सहभागी हुन कैलाली पुगेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप