बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बहस मार्फत समाधान खोज्ने ‘१२ दुर्वासा’ (फोटो)

बिहीबार, २० माघ २०७३, १५ : ०४
बिहीबार, २० माघ २०७३

काठमाडौं –क्षणिक भावुकताले निर्णय गर्नु घातक बन्नसक्छ । अझ मनबाट आग्रह पुर्वाग्रहलाई टाढा राखेर कुनै पनि निष्कर्षमा पुग्न एकदमै जटिल हुन्छ र सही निर्णय लिन सकिदैन ।

यसरी एउटा सही निर्णय लिन नसक्नुको नतिजा महँगो सावित पनि हुनसक्छ । सबैजनाको सामुहिक छलफलबाट कुनै बिषयमा सही निणर्य लिन सकिन्छ भन्ने सन्देश दिने प्रयास हो नाटक ‘१२ दुर्वासा’ ।

नाटक अनामनगरस्थित मन्डला थिएटरमा गत ११ गतेदेखि नियमित मन्चन भइरहेको नाटक राजन खतिवडाले निर्देशन गरेका हुन् ।

अमेरिकन लेखक रेनाल्ड रोजको ‘टुवेल एग्री म्यान’नामक फिल्म तथा नाटकबाट रुपान्तर गरिएको यो नाटक नेपालीमा रुपमन्तर गर्ने काम सुरेश सापकोटाले गरेका हुन् ।

झन्डै एक घन्टा ३० मिनेट लामो नाटकमा नागरिक समाजको प्रतिनिधित्व गर्ने १२ पात्र राउन्ड टेबलमा देखिने गरेका छन् । लामो समयपछि अभिनेता सरोज खनाल यो नाटक मार्फत रंगमञ्चमा पुनरागमन गरेका छन् ।

सरोजको अलवा नाटकमा सरिता गिरी, पशुपति राई, सिर्जना सुब्बा, अनुपम शर्मा, सोमनाथ खनाल, अभय बराल, कुशल पाण्डे, पुष्कर कार्की, लक्ष्मी बर्देवा, आयान खड्का, बादल भट्ट, र विशारद बस्नेत लगायतले अभिनय गरिरहेका छन् ।

१ फागुनसम्म चल्ने नाटकमा दर्शकको दैनिक भिड लाग्ने गरेको मण्डला थिएटरले जनाएको छ ।

– लामो समयपछि रंगमञ्चमा देखिएका अभिनेता सरोज खनालले बाबुको दृष्टिकोणले नेपाली समाजको चित्रण गर्ने प्रयास आफुले नाटक मार्फत गरेको बताए ।

– ‘टुबेल एग्री म्यान’ नामक फिल्म हेरेको थिए । राजनीतिक अस्थिरताले सबैतिर अन्योल सिर्जना गरिदिएको छ । व्यस्त जीवनशैलीका कारण मानिससँग बहस गर्ने समयको अभाव भएको महसुस गरेको छु । त्यसैले बहसमार्फत समस्याको समाधान खोजेर नयाँ आयाम निकाल्न नाटक तयार गरिएको निर्देशक खतिवडाले बताए ।

– अन्योलग्रस्त राजनीतिक परिस्थितिलाई बहसमार्फत समाधान गरौँ भन्ने व्यंग्यात्मक सन्देश नाटकले दिन खोजेको खतिवडाले बताए ।

नाटक हेर्न लगाइएको अनिवार्य नियमहरुः

१.स्वतन्त्रभएर नाटक हेर्नका लागि कृपया नाटक अवधिभरी आफ्नो मोबाइल फोनलाई फ्लाइट मोड अथवा साइलेन्समा राख्नु पर्ने ।

२. नाटक घरभित्र खानेकुरा खान पाइने । जसअन्र्तगत चाउचाउ, चिप्स, चुइँगम, सुपारी, गुट्खालगायत सम्पूर्ण पर्नेछन् । पानी ल्याउनु भएको छ भने पिउन पाउनु हुनेछ ।

३. नाटकघर भित्र होहल्ला तथा एक आपसमा कुराकानी गर्न नपाइने । ४.नाटक शुरु भइसकेपछि नाटक घरबाट बाहिर निस्कने तथा भित्र छिर्ने अथवा ओहोर दोहोर गर्न नपाइने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप