बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गरिबी निवारण मन्त्री भन्छन्, ‘मन्त्रालय खारेज गरे हुन्छ’

बिहीबार, २० माघ २०७३, १७ : ०२
बिहीबार, २० माघ २०७३

काठमाडौं– गरिवी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिवी निवारण कोष आफू नेतृत्वको मन्त्रालयलाई नदिने हो भने मन्त्रालय नै खारेज गरिदिन आग्रह गरेका छन् ।

उनले भने,‘मन्त्रालयको मन्त्रीमात्रै भएर म बस्दिन्, मन्त्रालय अन्र्तगतका ४९ वटा महत्वपूर्ण कार्यक्रमहरु अरु मन्त्रालयसँग छन्, मेरो मन्त्रालयमा कुर्सी बाहेक अरु केही छैन, गरिवीलाई यतिवेला कार्ड होईन, राहत चाहिएको छ, राहतको लागि मन्त्रालयसँग कोष छैन् ।’

बिहीबार काठमाडौमा भएको साक्षात्कारमा मन्त्री थानीले भने,‘म गरिबीका लागि लड्न खोज्दै छु, तर मन्त्रालय एकातिर छ, कार्यक्रमहरु अर्कैतिर छन्, छरिएका छन्, यी छरिएर रहेका कार्यक्रमहरुलाई एकै ठाउँमा ल्याउनुपर्छ ।’

मन्त्री थानीले भने,‘गरिबसँग अन्तरसम्बन्धित ४९ वटा कार्यक्रम छन, ती १४ वटा मन्त्रालयबाट परिचालित हुँदा गरिबी मन्त्रालयमा एउटा पनि कार्यक्रम छैन, यी सबै कार्यक्रमहरु एकद्धार प्रणालीमा ल्याउनुपर्छ ।’

गरिबसँग जोडिएका कार्यक्रमलाई मन्त्रालयमातहत ल्याउन आफूले मन्त्री भए लगत्तै अथक प्रयास गरेको स्मरण गर्दै मन्त्री थानीले भने,‘यसबारेमा मैले मन्त्रिपरिषदमा प्रस्ताव समेत लगें, अन्य मन्त्री साथीहरुलेपनि यो प्रस्ताव धेरै राम्रो छ भन्नुहून्छ, प्रधानमन्त्रीलाई भेटेरै तीन पटकसम्म आग्रह गरिसकेको छु, तर सुनुवाई भएको छैन् ।’

उनले प्रधानमन्त्री कार्यालयमा रहेको गरिवी निवारण कोष, स्थानीय विकास मन्त्रालयमा रहेको गरिवसँग विश्वेश्वर कार्यक्रम, र अर्थ मन्त्रालयमा रहेको युवा स्वरोजगार कार्यक्रम आफ्नो मन्त्रालय अन्तर्गत आउनुपर्ने समेत माग गरे ।

मनत्री थानीका अनुसार नेपालमा अहिले २५ प्रतिशत जनसंख्या गरिवको रेखामुनी रहेका छन् । जसमध्ये अति गरिब १ लाख ९० हजार, गरिब १ लाख ८० हजार, र सीमान्तकृत ८४ हजार छन्।

तर, मन्त्री थानी सामाजिक सुरक्षाका कार्यक्रम समावेश नभएसम्म परिचयपत्र वितरण गर्न नहुने पक्षमा छन् । उनले गरिबीका रेखामुनि रहेका परिवारलाई शिक्षा, स्वास्थ्य, खाद्यन्नलगायतका क्षेत्रमा सुविधा दिनुपर्ने योजना अघि सारेका छन् । सन् २०३० भित्रै गरिवीमुक्त बनाउने लक्ष्यभन्दा पनि अघि नै यो काम गर्न सकिने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप