बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ट्र्याक्टरबाट लडेर विद्यार्थीको मृत्यु

बिहीबार, २० माघ २०७३, ०८ : ४०
बिहीबार, २० माघ २०७३
लहान - पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानस्थित सडकमा आज दिउँसो ट्र्याक्टरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी धनगढी गाविस– १ का १३ वर्षीय सुरज मण्डल रहेको प्रहरीले जनाएको छ । लहानस्थित ज्ञानज्योति पाठशालामा अध्ययनरत सुरज साथीसँगै सरस्वती पूजाको मूर्ति सेलाउन बलान खोलातर्फ जाने क्रममा स १ त २६८७ नम्बरको ट्र्याक्टरबाट सडकमा लडेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । मृतकको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप