बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रेम गरेको भन्दै स्कूलले निकालेपछि १० कक्षामा पढ्ने विद्यार्थीद्वारा आत्महत्या

बिहीबार, २० माघ २०७३, १९ : २४
बिहीबार, २० माघ २०७३

काठमाडौं–ललितपुरको धापाखेलमा रहेको जेम्स स्कुलमा पढ्थे दाङका प्रज्वल शर्मा । दश कक्षामा पढ्दै आएका प्रज्वल काठमाडौं महानगरपालिका–१४ बल्खु स्थित कुमारी क्लव पछाडी परिवारसँगै बस्दै आएका थिए ।

उमेरले १५ बर्ष पूरा भएका शर्मा यसपाली एलएलसी दिने तयारीमा थिए । जेम्समा आफुसँगै पढ्ने केटी साथीसँग उनको माया बसेको थियो ।

निकै चर्चित मानिने जेम्स स्कूलका प्रिन्सिपल बादल प्रधानले प्रज्वलको प्रेम सम्बन्धबारे थाहा पाएपछि गत मंगलबार स्कुलबाट निकालिदिएको परिवार स्रोतले दाबी गरेको छ ।

स्कुलले निकालेपछि निकै तनावमा आएका प्रज्वलले अन्ततः मृत्युको बाटो रोजेका छन् । बिहीबार उनलाई आफु सुत्ने कोठामा फ्यानको हुकमा झुण्डिएको अवस्थामा फेला पारेपछि उनका दाईले छिमेकीलाई खबर गरेका थिए ।

सलको पासो लागेर झुण्डिएका शर्मालाई प्रहरीको रोहबरमा उपचारका लागी बल्खु स्थित बयोधा अस्पताल लैजाँदा मृत्यु भएको पारिवारिक स्रोतको भनाई छ ।

दाङको परस्पुर गाविस घर भएका प्रज्वलको आमा त्रिभुवन विश्वाविद्यालयका कर्मचारी हुन् । उनका बाबु राजनितीमा संलग्न रहेको बताईएको छ । प्रज्वल बाबु आमासँगै बस्दै आएका थिए ।

बिहिबार मध्यान्ह साढे २ बजेतिर ढोकामा चुकुल लगाएर उनी झुण्डिएको उनको दाईले देखेको बताइएको छ ।

गत मंगलबार विद्यालयले निलम्बन गरेपछि निकै तनावमा देखिएका प्रज्वललाई परिवारले संझाएर राखेपनी बिहीबार उनलाई घरमा एक्लै छाडेर परिवारका सदस्यहरु घर बाहिर हिँडेका थिए ।

प्रज्वलले आत्महत्या गरेको खबर सुन्दा आफुलाई निकै दुःख लागेको बताउँदै जेम्स स्कुलका प्रिन्सिपल बादल प्रधानले भने, ‘हामीले निलम्बन गरेको हैन, प्रज्वल मंगलबार विद्यालय आएको थिएन हामीले किन स्कुल नआएको भनेर परिवारलाई सोध्नका लागी सम्पर्क गरेका थियौं उहाँहरुले दुःखद खबर सुनाउनुभो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप