मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा पर्यटक आगमनमा २६.९१ प्रतिशतले बृद्धि

शुक्रबार, २१ माघ २०७३, ०९ : ४०
शुक्रबार, २१ माघ २०७३

लुम्बिनी – बुद्धजन्म स्थल लुम्बिनीमा स्वदेशी तथा विदेशी पर्यटक आउने क्रममा बाढी आउन थालेको छ ।

लुम्बिनी बिकास कोषस्थित सूचना शाखाले दिएको जानकारी अनुसार सन् २०१६ को जनवरी भन्दा सन २०१७ को जनवरी महिनामा बिदेशी पर्यटकहरुको लुम्बिनी आगमनमा २६ दशमलव ९१ प्रतिशत बृद्धि भएको छ ।

सन् २०१७ को जनवरीमा कुल ५५ देशका आठ हजार आठ सय ४६ जना बिदेशी पर्यटक भित्रिएका छन् । जब कि सन् २०१६ को जनवरीमा कुल ४२ देशका ६ हजार नौ सय ७० जना बिदेशी पर्यटकहरु मात्र लुम्बिनी अवलोकन गरेका थिए । लुम्बिनीमा बढी पर्यटक पठाउने देशहरु मध्ये चीनले एक हजार आठसय २३ जना, म्यानमारले एक हजार ६ सय ३८ जना, थाइल्याण्डले एक हजार पाँच सय ९६ जना तथा दक्षिण कोरियाले एक हजार नौ जना पर्यटक पठाई प्रथम, द्वितीय, तृतीय तथा सात्वना स्थान हासिल गर्न सफल भएका छन् ।

यसै गरि आन्तरिक पर्यटककै सूचीमा रहेका भारतीय पर्यहरुको आगमनमा ५४७ दशमलव ४० प्रतिशत बृद्धी भएको तथ्यांकमा उल्लेख छ ।

पछिल्ला एक वर्षको अवधिमा १८ हजार तीनसय ५४ जना भारतीय पर्यटक लुम्बिनी भित्रिएका छन् । जब कि अघिल्लो वर्ष दुई हजार आठसय ३५ जना मात्र ईण्डियन पर्यटकहरु लुम्बिनी दर्शन गरेका थिए ।

त्यस्तै आन्तरिक पर्यटक मध्येकै नेपाली पर्यटकहरुको लुम्बिनी आगमनमा १२० दशमलव ९७ प्रतिशत बृद्धि भएको छ ।

पछिल्ला १२ महिना ८१ हजार सात सय ८० जना पर्यटकहरुको लुम्बिनी आगमन भएको जारी तथ्यांकमा उल्लेख छ ।

गत बर्ष महाभूकम्प तथा मधेश आन्दोलनले गर्दा पर्यटक घटेकोमा यस बर्ष शान्तिपूर्ण अवस्था भएको कारण लुम्बिनीमा ह्वात्तै पर्यटक पाहुनाहरुको आगमनमा बृद्धि हुन थालेको सूचना शाखा प्रमुख हरिध्वज राईले जानकारी गराए ।

उनले लुम्बिनीमा पर्यटक बढे पनि दश प्रतिशत मात्र बास बस्ने अरु दिन भरीमै भारत फर्कने गरेकोमा लुम्बिनी पर्यटक बसाई लम्बयाउन सरोकारवालाले बिशेष चासो राखी पर्यटन प्रर्बद्धन गर्न आवश्यक रहेको सुझावसमेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप