बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रिचार्ज पसलबाट यसरी बिक्छन् युवतीका मोवाइल नम्वर

शुक्रबार, २१ माघ २०७३, ०९ : ५०
शुक्रबार, २१ माघ २०७३

दिल्ली– भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा अनौठो समाचार प्रकाशित भएको छ ।

समाचारका अनुसार उत्तर प्रदेश प्रहरीको भनाई अनुसार त्यहाँ युवतीहरुको मोवाइल नम्वर खुलेआम बिक्री भैरहेको छ ।

मोवाइल फोन रिचार्ज गर्ने पसलबाट युवतीहरुको मोवाइल नम्वर विक्री हुने गरेको छ । दावी गरिएको छ कि युवतीको उमेर र सुन्दरता हेरेर उनको नम्वरको दाम लगाइन्छ ।

किन्नेहरुले यी नम्वरको प्रयोग युवतीलाई जिस्काउनका लागि गर्दछन् ।

पत्रिकाका अनुसार महिला प्रहरी हेल्पलाइन १०९० मा आएको उजुरीपछि यस्तो गिरोहको पर्दाफाश भएको हो ।

रिचार्ज गर्ने पसलेले राम्री युवतीको नम्बर ५ सय रुपैयाँमा र ठीकठाक देख्ने युवतीको नम्बर ५० रुपैयाँमा बिक्री गर्ने गरेको उल्लेख छ ।

पत्रिकाका अनुसार महिला हेल्पलाइनमा १५ नोभेम्वर २०१२ देखि ३१ डिसेम्बर २०१६का बीच कुल ६ लाख ६१ हजार १ सय २९ उजुरी दर्ता गराइएको छ ।

यसमा ५ लाख ८२ हजार ८ सय ५४ उजुरी टेलिफोनमा जिस्काउनेका विषयमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप