बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सि.के. राउतविरुद्ध राज्य विरुद्धको संगठित अपराधको मुद्दा

शुक्रबार, २१ माघ २०७३, १० : ५०
शुक्रबार, २१ माघ २०७३

सिरहा – धनुषाको जनकपुरमा पक्राउ गरी बिहीबार राती सिरहाको लहान ल्याइएका स्वतन्त्र मधेश गठबन्धनका सि.के. राउतलाई राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएको छ ।

स्वतन्त्र मधेशको पक्षमा गतिविधि गर्दै आएका राउतविरुद्ध राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा म्याद थपका लागि अहिले केही बेरमा सिरहास्थित जिल्ला अदालत लगिने इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजकुमार के.सी.ले जानकारी दिए ।

बिहीबार दिउँसो धनुषाको जनकपुरमा पक्राउ गरी सिरहाको लहान ल्याइएका राउतलाई राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाईएपछि थप अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिने प्रहरी नायव उपरीक्षक राजकुमार के.सी.ले उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले माघ ५ गते लहानमा आयोजित बलिदानी दिवसको सन्दर्भमा राउतले देश टुक्र्याउने अभिव्यक्तिसहितको भाषणसहित नारा जुलुश गरेको आरोपको आधारमा धनुषा प्रहरीको समन्वयमा जनकपुरमा पक्राउ गरी सिरहामा ल्याएर मुद्दा चलाइएको जानकारी दिए ।

मधेश केन्द्रित दलहरुले वार्षिक रुपमा मनाउने बलिदानी दिवसको क्रममा माघ ५ गते राउतको नेतृत्वमा उनका समर्थकहरुले सिरहाको लहानमा ‘स्वतन्त्र मधेश’ को नारासहित जुलुस गरेर कोणसभा समेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप