बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चितवनमा अनुमतिबिनै क्लिनिक चलाउने प्रशासनको नियन्त्रणमा

शुक्रबार, २१ माघ २०७३, ११ : ००
शुक्रबार, २१ माघ २०७३

चितवन–जिल्ला प्रशासन कार्यालय चितवनले अनुमतिबिना क्लिनिक सन्चालन गर्ने ६ जनालाई नियन्त्रणमा लिएको छ । प्रशासनले भरतपुरको अनमोल आरोग्य केन्द्रका डा.रिमा कर्ण, रमा पौडेल र बबिता ढकाललाई नियन्त्रणमा लिएको छ भने नारायणगढको बेलचोकमा रहेको अनमोल उपचार सेवा केन्द्रबाट डा. अमित सहनी, हेमलाल बराल र अनिल गिरीलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओमनारायण शर्माका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत लक्ष्मी महतो, उपभोक्ता अधिकार संरक्षण मन्चका उपाध्यक्ष बिष्णु भुसाल, सचिव प्रकाश सिग्देल, प्रहरी सहायक निरिक्षक जितेन्द्र घामी लगायतको टोलीले गरेको स्वास्थ्य क्षेत्रको अनुगमनका क्रममा उनिहरुले कानुनबिपरित काम गरेको पाईएकाले नियन्त्रणमा लिएको हो ।

अनुगमनका क्रममा भरतपुरको अनमोल आरोग्य केन्द्रबाट २ कार्टुन म्याद नाघेको औषधी समेत फेला पारेको छ । त्यस्तै बेलचोकमा रहेको अनमोल उपचार सेवा केन्द्रबाट ५ कार्टुन म्याद गुज्रेको औषधी बरामद भएको छ । स्वास्थ्य उपचारका नाममा म्याद नाघेका औषधी बिक्री गरी जनताको स्वास्थ्यमा चरम खेलवाड गरेको पाईएकाले उनिहरुबिरुद्ध कानुनी कारबाही गर्न चितवन प्रशासनले कुनै कसुर बाँकी नराख्ने शर्मा प्रशासनले बताएको छ ।

त्यस्तै अनुगमन टोलीले नारायणगढको बैदिक आयुर्बेदिक औषधालयलाई बन्द गर्न निर्देशन दिएको छ ।

प्रक्रिया पुरा नगरी सन्चालन भएको पाईएकाले तिन दिनभित्र बन्द गर्न निर्देशन दिएको जिल्ला जनस्वास्थ्य कार्यालयय भरतपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मी महतोले बताए ।

त्यस्तै आफुहरुले जिल्लाका सबै अस्पतालहरुमा मुल्य सुचि टाँस गर्न निर्देशन दिएको छ । अस्पतालमा मुल्य सुचि नहँुदा अस्पताल जाने सर्वसाधारणहरु ठगिने र सेवा सुबिधाका बारेमा अनबिज्ञ रहने हुँदा सबैले देख्ने र बुझने गरी मुल्य राख्न अस्पतालहरुलाई निर्देशन दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप