बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जयबहादुरको उपचारका लागि अमेरिकाबाट सहयोग

शुक्रबार, २१ माघ २०७३, ०८ : ०१
शुक्रबार, २१ माघ २०७३

काठमाडौं – दुबै मृगौला फेल भएर उपचार गराइरहेका जयबहादुर पाइजा मगरको उपचारका लागि अमेरिकमा बस्ने नेपालीहरुले सहयोग गरेका छन् ।

कालिका–३ बर्दिया निवासी ३१ वर्षिय जयबहादुरको उपचारका लागि टेक्सास बस्दै आएका याशिका बाँठामगर र कमल थापाको पहलमा त्यहाँस्थित नेपाली महिलाहरुले ५० हजार पाँच सय ३५ रुपैयाँ सहयोग गरेका हुन् ।

यसरी सहयोग गर्नेहरुमा कमला थापा र साथीहरु २०१, जिया थापा मगर ५१, याशिका बाँठा मगर ५०, सविता आले थापा ५०, बिरपती र मानबहादुर बाँठामगर ४०, देवी थापा २५, देविका चापागाई २५, मञ्जु कार्कीले २५ डलर सहयोग गरेका छन् ।

लामो समयदेखि दुबै मृगौला फेल भएर काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका जयबहादुरलाई बिहीवार काठमाडौंमा रकम हस्तान्तरण गरिएको छ । आफ्नो आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्न जयजबहादुरले सबैसँग आग्रह गरेका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप