बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जाजरकोटका सडकमा बजेटको ओईरो (कहाँ कति ?)

शुक्रबार, २१ माघ २०७३, ११ : ०५
शुक्रबार, २१ माघ २०७३

जाजरकोट– जाजरकोटका एक दर्जन वढि सडकमा वजेट अपुग हुँदा निर्माण कार्य रोकिएको जनगुनासो आईरहेका वेला अर्थ मन्त्रालयले वजेट थप गरेको छ । एक दर्जन रणनैतिक महत्वका र क्षेत्रिय सडकहरुको वजेट थपिएलगत्तै निर्माण कार्यले तिव्रता पाउने पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले वताएका छन् ।

बजेट अभावमा सडक निर्माण अवरुद्ध भन्ने समाचार आएपछि पुर्वगृहमन्त्री समेत रहेका जाजरकोट क्षेत्र नं १ का सांसद शक्तिवहादुर वस्नेतले अर्थ मन्त्रालयमा वजेटका लागि पहल गरेका थिए । सांसद बस्नेतको पहलपछि अर्थ मन्त्रालयले सडक निर्माण गर्न आवाश्यक वजेट उपलव्ध गराएको हो ।

यहाँका एक दर्जन गाविसमा अझै सडक सञ्जालसँग जोडिन सकेका छैनन् । पछिल्लो समय क्षेत्रियस्तरका ८ वटा सडकका लागि २५ करोड र अन्य २० वटा सडकका लागि ८ करोड रकम निनियोजन गरिएको छ । रणनैतिक महत्वको छेडाकचाली सडकमा ५ करोड, पाँचकाटिय ढिमे व्याउलीढुंगा हुँदै जुम्लाका लागि ५ करोड, किटेनी नेटीलेख, सक्ला हुँदै लिम्सा मुलसाम सडकका लागि ५ करोड , चौखा रसिक हुँदै डोल्पाको काईगाउँ सर्मि सडकका २ करोड, कालीमटी लहँ नेटी लेखका लागि २ करोड, भुरचौर सुवानाउली हुँदै कृष्णमन्दिरका लागि २ करोड,मन्मैतरा जिकुवा मावि हुँदै हल्चौर सम्मको सडकका लागी २ करोड, छेप्का कैना किटनीका लागि २ करोड रुपैया विनियोजन गरिएको मन्त्री वस्नेतले वताएका छन् ।

जिल्लामा पठाएको बजेट सहि रुपमा सदुपयोग गरि जिल्लाका सवै ठाउँमा सडक सञ्जालले जोड्ने योजना छट्टै पुरा हुँने समेत सांसद बस्नेतले बताए । ‘विकास निर्माणका काममा सवै दल मिलेर एकै ठाउँमा साझा धारणा वनाउनुपर्छ र यसलाई राष्ट्रसेवक कर्मचारीहरुले पनि सहयोग गर्नुपर्छ ’ वस्नेतको भनाई छ ।

त्यसो त सडक विसतारका लागि बजेट पाएपछि स्थानीय समेत खुशी भएका छन् । कम बोल्ने र काम बढि गर्ने स्वभाव भएका वस्नेतले आफ्नो बाचा पुरा गर्ने नेताका रुपमा जिल्लावासीले लिएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले वताए । मन्त्री वस्नेतले एक महिना अघि मात्र जाजरकोटको पश्चिमी क्षेत्रका गाउँको अनुगमन गदै बजेटकै अभावमा सडक निर्माण रोकिन नहुने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप