बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गोरखा काँग्रेसद्वारा जिल्ला सदस्य मनोनीत

शुक्रबार, २१ माघ २०७३, ०८ : १७
शुक्रबार, २१ माघ २०७३
गोरखा - जिल्ला अधिवेशन सम्पन्न भएको एक वर्षपछि नेपाली काँग्रेस गोरखाले जिल्ला सदस्य र आमन्त्रित सदस्य मनोनीत गरेको छ । मनोनीत गर्नुपर्ने उपसभापति र सहसचिव पदमा भने आकाङ्क्षी धेरै भएपछि अझै मनोनीत गर्न सकेको छैन । गत वर्ष माघ २५ गते जिल्ला अधिवेशन भएको थियो । क्षेत्र नं १ बाट महासमिति सदस्य राजनराज पन्त, विश्वदेव श्रेष्ठ र इमानसिंह बस्नेतलाई जिल्ला सदस्यमा मनोनीत गरेको हो । यस्तै क्षेत्र नं २ बाट बलराम खड्का र राजु गुरुङ जिल्ला सदस्यमा मनोनीत भए । क्षेत्र नं ३ बाट नुर्ब छुदेन गुरुङ र डिल्लीराम तिमल्सेना जिल्ला सदस्य मनोनीत भएको जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए । बिहीबार बसेको बैठकले गङ्गाप्रसाद अधिकारी, जीवनराज वन्त, भीमप्रसाद अर्याल, तारानाथ पुडासैनी, रामशरण अधिकारीलाई आमन्त्रित सदस्यमा मनोनीत गरेको सचिव न्यौपानेले जानकारी दिए । एक सदस्यसहित केही आमन्त्रित सदस्य मनोनीत गर्न बाँकी रहेको छ । माघ २९ गते पालुङटारमा पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आउने कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप