बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चाम्लिङ खाम्बातिमले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने

शुक्रबार, २१ माघ २०७३, ०९ : ३४
शुक्रबार, २१ माघ २०७३

काठमाडौं - किरात राई चाम्लिङ खाम्बातिमले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको छ । खाम्बातिमले माघ २५ गते विविध कार्यक्रम गरी १५औं स्थापना दिवस मनाउने भएको हो ।

उसले स्थापना दिवसको अवसरमा चाम्लिङ भाषामा हाजिरीजवाफ प्रतियोगिता, चाम्लिङ भाषामा अध्ययनरतमध्ये उच्चतम अंक ल्याउनेलाई नगद पुरस्कार र सांस्कृतिक कार्यक्रम गर्ने किरात राई चाम्लिङ खाम्बातिम कार्यवहाक अध्यक्ष ज्ञानबहादुर राई ‘गेन’ ले जानकारी गराए ।

कार्यवहाक राईका अनुसार हाजिरीजवाफ प्रतियोगिता विजेतालाई नगद पुरस्कार दिनुका साथै खाम्बातिममा रचनात्मक तथा उल्लेखनीय योगदान गर्नेलाई विशेष सम्मान गरिनेछ ।

खाम्बातिमले किरात मुन्दुम (दर्शनशास्त्र) सृष्टिकथा भाग–१, होसुङ (संस्कार) र चाम्लिङ जर्नल प्रकाशित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप