बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गृहमन्त्री निधिलाई विप्लवले दिए यस्तो चेतावनी

शुक्रबार, २१ माघ २०७३, १४ : १५
शुक्रबार, २१ माघ २०७३

काठमाडौ –नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्दले आफ्नो पार्टीका गतिविधि रोक्न सरकार लागिपरेको भन्दै राज्यको यस्तो रवैयाविरुद्ध सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् । महासचिव विप्लवले आज एक बिज्ञप्ति जारी गर्दै केही समयदेखि राज्यले नेकपा माओवादीविरुद्ध धरपकड, दमन र भ्रामक प्रचार गर्दै आएको पनि बताएका छन् ।

विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘बिहीबार मन्त्रिपरिषद्मा गृहमन्त्रीले हाम्रो पार्टीबाट राज्यलाई चुनौंती भएको भन्दै पार्टीका गतिविधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताव गरेको समचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । ’

त्यस्तै महासचिव चन्दले आफ्नो पार्टी राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, जनताको अधिकार, जनताको सुविधाको पक्षमा अग्रभागमा बसेर काम गरिरहेको छ भन्दै भ्रष्टाचार, तस्करी, महङ्गी, कालोबजारी, अराजकताविरुद्ध संघर्ष गरिरहेको जनाएका छन् ।

उनले भनेका छन् ‘यतिवेला हाम्रो पार्टी फाल्गुन १ गतेदेखि १० गतेसम्म ऐतिहासिक आठौं महाधिवेशन गर्ने काममा जुटिरहेको छ र महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यहीबेला हाम्रो पार्टी विरुद्ध एकदमै भ्रामक प्रचार राज्यका सञ्चारमाध्यमबाट गर्नु भनेको हाम्रो महाधिवेशनलाई बाधा पुर्याउने र जनताको आकर्षणलाई भाड्ने खेल हो ।

यो गम्भीर किन पनि छ भने राष्ट्र र जनताको पक्षमा काम गर्दा, साथै गलत कार्यकोविरुद्ध संघर्ष गर्दा उक्त कार्यहरुलाई प्रोत्साहित गर्नुको सट्टा उल्टो दमन गर्नु भनेको राज्यले नै देशलाई अशान्ति र द्वन्द्वतिर धकेल्ने कार्य गर्नु हो ।’

राज्यको यस्तो दमनकारी नीतिबाट आफ्नो पार्टी विचलित नहुने बरु बरु शसक्त प्रतिरोधको गर्ने महासचिव चन्दले जनाएका छन् ।

चन्दले प्रचण्ड सरकारलाई यस्तो जनघाती काम रोक्न र आफुले अगाडि बढाएका विषयमा गम्भीर हुन आग्रह समेत गरेका छन् । अन्यथा आउने परिस्थितिको जिम्मेवार राज्य नै हुने चेतावनी समेत चन्दले दिएका छन् । उनले राज्यको दमनकारी र भ्रामक कार्यको देशव्यापी रुपमा भण्डाफोर र प्रतिरोध गर्न सम्पूर्ण पार्टी पंक्तिलाई अपिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप