बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली विकासमा १० बर्षे गुरुयोजना प्रस्तुत

शुक्रबार, २१ माघ २०७३, ११ : ५५
शुक्रबार, २१ माघ २०७३

काठमाडौं –कर्णाली विकास आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कर्णाली विकासको १० वर्षे गुरुयोजनाको खाका प्रस्तुत गरेका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोगका अध्यक्ष डा. चन्द्रकान्त पौडेल नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग भेटगरी गुरुयोजनाको खाका बुझाएको हो । भेटमा आयोगका पदाधिकारीहरुले कर्णाली विकासको १० वर्षे गुरुयोजनाबारे प्रधानमन्त्रीलाई मौखिक अवगत समेत गराएका थिए ।

प्रधानमन्त्रीसगको भेटपछि आयोगका अध्यक्ष पौडेलले यातायात, खाद्य संकट, शिक्षाको पहुँच, जडीबुटीको सदुपयोग र व्यवस्थापन, पर्यटन प्रवद्र्धन र कृषिमा लगानीजस्ता सवालहरु कर्णाली विकासका प्रमूख चुनौतिको रुपमा रहेको बताउँदै आयोगले बनाएको गुरुयोजना कार्यान्वयन भए कर्णालीको गरिब १० वर्षमा २१ प्रतिशतमा झार्न सकिने प्रक्षेपण गरिएको बताए ।

कर्णाली आयोगको गुरुयोजना बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकासबारे गम्भिर भएर गुरुयोजना तयार गरेको भन्दै प्रधानमन्त्रीले आभार प्रकट गरे ।

प्रधानमन्त्रीले आयोगको गुरुयोजना अध्ययन गरेर मन्त्रीपरिषद बैठकमा यसबारे थप छलफल गर्ने र प्रस्तावित योजना कार्यान्वयनका लागि मन्त्रालयलाई प्राथमिकतामा राखेर योजना कार्यान्यवन गराउने आश्वसन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप