बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : ‘परिणाम’, ‘रामजाने’ र ‘थ्रि मंकिज’ भिड्दै

शुक्रबार, २१ माघ २०७३, १२ : ०१
शुक्रबार, २१ माघ २०७३

काठमाडौं – आज शुक्रबारबाट ‘परिणाम’, ‘रामजाने’ र ‘थ्रि मंकिज’ गरि तीन चलचित्र प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजको परम्परा धान्दै यी चलचित्र प्रदर्शनमा आएका हुन् । देशभर एकसाथ ब्यवसाहिक प्रतिस्पर्धामा उत्रिएका तीन चलचित्र मध्ये ‘परिणाम’ हरि पराजुलीले निर्देशन गरेका हुन् भने ‘रामजाने’ र ‘थ्रि मंकिज’ क्रमश जनक खकुरेल र भाइराम श्रेष्ठको निर्देशनमा बनेको हो ।

‘परिणाम’

नारायण घिमिरेको लेखन तथा मुकेश ढकाल, सारिका घिमिरे, झरना रिसाल, किसन सुनार लगायत कलाकारको अभिनय रहेको ‘परिणाम’ लक्ष्मी बेन्कटेस सिनेमेकर्स प्रालिको ब्यानरमा बनेको हो । यसमा निर्देशक पराजुलीकै लगानी रहेको छ ।

हरेक युवती आफुले स्वयम् आफैँलाई कसरी सुरक्षित गर्ने भन्ने बिषय चलचित्रले देखाउन खोजेको छ ।

‘राम जाने’

रक्षन्दा फिल्मस् प्रोडक्सनले निर्माण गरेको ‘राम जाने’ प्रेमकथा बनेको चलचित्र हो । रजनि शर्मा, खिमु श्रेष्ठ र दिनेश शर्माले मिलेर बनाएको चलचित्रमा दिनेश शर्मा, रोहीत रुम्वा, निशा नेपाल, विशाल लामा, रिया चन्खद, नमूना थापा, राम महर्जन, शम्भु बस्नेत, बुद्ध लामा लगायतको अभिनय देख्न सकिन्छ ।

‘थ्रि मंकिज’

‘थि मंकिज’ हिमाल, पहाड र तराई प्रदेशमा बिभाजनको बिषय उठाएको चलचित्र हो । रेशम फरिरि, सरोज केसी, दिलिप तामाङ र नव नायिका सरिना बयलकोटीलगायतको अभिनय रहेको चलचित्रको कथा सरोज केसीले लेखेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप