बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी

शुक्रबार, २१ माघ २०७३, १२ : १५
शुक्रबार, २१ माघ २०७३

कञ्चनपुर - कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी भएपछि त्रिपालमा राख्ने व्यवस्था मिलाइएको छ ।

कारागारको क्षमता ९५ जना भएपनि २६० जना कैदीबन्दीलाई राखिएको छ । अहिदे कारागारमा २४८ पुरुष, १२ जना महिला कैदीबन्दी र दुई नाबालक रहेका छन् ।

कारागारमा पुरुष कैदी ७० र महिला कैदीबन्दी २५ राख्ने क्षमता रहेको छ । ‘‘क्षमताभन्दा बढी भएका कैदीबन्दीलाई कारागारभित्रै रहेको मैदानमा त्रिपाल टाँगेर राख्ने व्यवस्था गरेका छौंँ’’ जेलर श्यामराज भट्टले बताए । उनका अनुसार अन्य कैदीबन्दीलाई ग्यालरी, टहरामा राखिएको छ ।

क्षमताअनुसारका कैदीबन्दीका लागि पुग्ने गरी शौचालय र खानेपानीका धाराको व्यवस्था रहेकाले बढी कैदीबन्दी थपिँदा शौचालय जान र पानी थाप्नसमेत लाइनमा बस्नुपर्ने अवस्था रहेको उनले बताए ।

कारागार भवन धेरै पुरानो भएको र मर्मतसम्भार नहँुदा भत्किएर दुर्घटना निम्तिने खतरासमेत रहेको छ । विसं २०२३ मा निर्माण भएको यस कारागारको पर्खालमा लगाइएका इँट्टासमेत खिइएर झर्न थालेका छन् ।

सहरी विकास विभाग डिभिजन कार्यालयमा कारागारको नयाँ भवन निर्माण र खानेपानीका लागि बोरिङ जडान गर्न माग गरिएको जेलर भट्टले बताए। शौचालय निर्माणका लागि जिल्ला विकास समितिसँग माग गरिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप