बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

हात्तीको आक्रमणबाट वृद्धको मुत्यु

शुक्रबार, २१ माघ २०७३, १४ : ३९
शुक्रबार, २१ माघ २०७३

कञ्चनपुर - जङ्गली हात्तीको आक्रमणमा परी कञ्चनपुरको पुर्नवास नगरपालिका– १ बिचफाँटाका ६० वर्षीय मानबहादुर सुनारको आज बिहान मृत्यु भएको छ ।

भारतीय दूधुवा नेसनल पार्कबाट आएको हात्तीको बथानले आक्रमण गर्दा सुनारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक दलराम टमाटाले बताए ।

उनका अनुसार रोजगारका लागि बिहानै भारततिर गइरहेको बेला हात्तीले उनीमाथि आक्रमण गरेको थियो । सुनारसँगै रहेका अन्यले भने भागेर ज्यान जोगाएका थिए ।

हात्तीको आक्रमणबाट यसअघि एकजना महिलाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप