बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रोत्साहन भत्ता पाउनुपर्ने माग राखेर गाविस सचिव आन्दोलनमा

शुक्रबार, २१ माघ २०७३, १४ : ४०
शुक्रबार, २१ माघ २०७३
नेपालगन्ज - कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता पाउनुपर्ने माग राखेर बाँके जिल्लाका गाविस सचिवले यहाँ आन्दोलन थालेका छन् । उनीहरुको आन्दोलनपछि यहाँका सबै गाविस कार्यालयको कामकाज ठप्प भएको छ भने काम लिएर गाविस कार्यालय पुगेका सेवाग्राहीले हैरानी बेहार्नु परेको छ । विगत १५ वर्षदेखि हुन नसकेको स्थानीय तहमा जनप्रतिनिधि बहालीका लागि स्थानीय तहको चुनाव हुनुपर्ने, सचिवलाई सरकारबाट गतवर्ष स्वीकृत भएको प्रोत्साहन भत्ता तुरुन्त उपलब्ध गराउनुपर्ने लगायतका माग सचिवले राखेका छन् । गाविस सचिव हकहित संरक्षण केन्द्र बाँकेका अध्यक्ष उत्तमसिंह सोढीका अनुसार, आन्दोलनको कार्यक्रम अन्तर्गत आज जिल्ला विकास समितिमा धर्ना दिइएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप