बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

छुटेका भूकम्पपीडितको गुनासो सम्बोधन

शुक्रबार, २१ माघ २०७३, १४ : ४६
शुक्रबार, २१ माघ २०७३

गोरखा - भूकम्पले घर भत्काए पनि विभिन्न कारणले पहिलो चरणमा निजी आवास निर्माण अनुदान पाउनबाट वञ्चित गोरखाका भूकम्पपीडितको गुनासो सम्बोधन भएको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समिति, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गोरखा उपक्षेत्रीय कार्यालयले सङ्कलन गरी केन्द्र पठाएको १६ हजार २०० वटा निवेदनमध्ये ११ हजार ६०६ गुनासोको फस््र्याैट भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

गुनासो फस््र्याैट भएकामध्ये दुई हजार ३१३ लाभग्राहीले निजी आवास निर्माणका लागि रु तीन लाख पाउनेछन् ।

यस्तै दुई हजार ६०९ जनाको घर भत्किएको हो वा होइन भन्नेबारे पुनः तथ्याङ्क सङ्कलन गरिने भएको छ । ८४९ निवेदन उपर भत्किएका घरको स्थलगत अवलोकन गरेपछि निजी अनुदान दिने÷नदिनेबारे अन्तिम टुङ्गो लगाउने प्रजिअ बस्नेतको भनाइ छ ।

गुनासो फारम भरेकामध्ये पाँच हजार ८३५ जना अनुदान पाउने सूचीमा नपर्ने देखिएको छ । पाँच हजार निवेदनमध्ये चार हजार ६२६ घर सुरक्षित रहेको र एक हजार २०९ घरमुलीको नाउँमा अर्को घर रहेको पाइएको हो । रा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप