बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय तह होइन स्थानीय निकायको निर्वाचन हुन्छ : महामन्त्री कोइराला

शुक्रबार, २१ माघ २०७३, १४ : ४९
शुक्रबार, २१ माघ २०७३

विराटनगर - नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संविधानलाई कार्यान्वयन गर्नका लागि निर्वाचन आवश्यक रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज दिउँसो पत्रकारसँग कुराकानी गर्दै स्थानीय तहको निर्वाचन गर्दा विवाद हुने सम्भावना रहेकाले स्थानीय निकायको निर्वाचन हुने दाबी गरे ।

मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउने प्रयास भइरहेको भन्दै उनले मुलुकलाई जटिल अवस्थाबाट बचाउन जसरी पनि निर्वाचन गराउनुपर्ने आवश्यकता औंँल्याए ।

मधेसी मोर्चाले दोहोरो नीति अपनाउन खोजेको प्रसङ्ग उल्लेख गर्दै मुलुकलाई अन्यौंँलताबाट हटाउन मोर्चालगायत सबै दललाई एक्यबद्धता हुनुपर्ने आवश्यकतामाथि जोड दिए ।

पत्रकारको जिज्ञासामा उहाँले स्थानीय निकायको निर्वाचनपछि सरकार परिवर्तन हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप