बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भारतको राष्ट्रपति कार्यालयमा आगलागी

शुक्रबार, २१ माघ २०७३, १४ : ५१
शुक्रबार, २१ माघ २०७३
नयाँदिल्ली - भारतको राजधानीमा रहेको राष्ट्रपति भवनमा शुक्रबार आगलागी भएको छ । सरकारी उच्च अधिकारीहरुले आगलागीबाट कुनै मानवीय क्षति भने नभएको स्पष्ट पारेका छन् । स्थानीय समयअनुसार बिहान ८ः४० मा लेखा शाखाबाट आगलागी सुरु भएको थियो । आगलागीमा परी टेबल, कुर्सीसहित केही फर्निचर जलेको उनीहरुले जानकारी दिएका छन् । विद्युत् आपूर्तिमा भएको गडबडीका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको छ । बेलायतले भारतमा शासन गरेको बेला बनाइएको सो भवनमा ३०० कोठा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप