बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बच्चा जन्मनासाथ अस्पतालको वार्डबाटै गायब

शुक्रबार, २१ माघ २०७३, १५ : २५
शुक्रबार, २१ माघ २०७३

वीरगञ्ज – नारायणी उपक्षेत्रिय अस्पताल विरगञ्जमा जन्मेको नवजात शिशु अस्पतालको वार्डबाटै गायब भएको पाइएको छ ।

शुक्रवार विहान करिब ८ बजे डेलिभरी गराउन अस्पताल लगिएकी वीरगञ्ज छपकैया निवासी आशा देवीको छोरा अस्पतालको गाईनो वार्डबाटै गायब भएको हो ।

विहान ११ बजे आशादेविले छोरा जन्माएपछि उनलाई वार्डमा राखिएको थियो । उनीसँगै सुत्केरी कुरुवा बसेकी उनकी सासु अस्पताल हाताबाहिर खानेकुरा किन्न गएको र आशादेवि निदाएको मौका छोपेर बच्चा चोरी भएको परिवारको दावी छ ।

परिवारिक स्रोतका अनुसार आशादेवी निदाएको मौकामा वार्डमा छिरेकी अपरिचित महिलाले बच्चा बोकेर हिँडेकी थिइन् ।

अपस्पतालका सुपरिटेण्डेन्ट चितरन्जन शाहले बच्चा हराउनुमा अस्पताल प्रशासनको कुनै दोष नभएको बताए । उनले भने, ‘बच्चा चोरी भएको सन्दर्भमा हामी जवाफदेही हुँदैनौं, परिवार आफैं जिम्मेवार हुनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप