बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चार किलो सुन र चार किलो चाँदी चोरी

शुक्रबार, २१ माघ २०७३, १६ : १८
शुक्रबार, २१ माघ २०७३
चितवन - भरतपुर उपमहानगरपालिका वडा नं २ मिलनरोड, नारायणगढमा रहेको आधुनिक सुनचाँदी पसलमा गएराति अनौठो प्रकारले चोरी भएको छ । सो पसल विकास बर्माको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पीडितले पसलबाट चार किलो सुन, चार किलो ५०० ग्राम चाँदी, रु सात लाख नगद र सिसी क्यामराको डिभिआर बक्ससमेत चोरी भएको जनाएका छन् । प्रहरीका अनुसार चोरहरुले सटरको साँचो फोरेर सामान लगिसकेपछि पुनः अर्को साँचो लगाएर छाडेका छन् । पसलभित्र रहेको सानो सेफ फुटाएर चोरिएको छ भने ठूलो सेफ सुरक्षित रहेको प्रहरी उपरीक्षक दीपक थापाले बताए । पसलभित्रको सिसी क्यामराको डिभिआरसमेत चोरिएकाले केही पहिचान हुन सकेको छैन । बजारका सडकमा राखिएका सिसी क्यामरामार्फत अनुसन्धान थालिएको उनले बताए । अनौठो प्रकारको चोरी भएकाले आफूले फरक ढङ्गले यसको अनुसन्धान थालेको बताउँदै उहाँले एक हप्ताभित्र चोर पक्राउ गर्ने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप