बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तालाबन्दीपछि केयु गेटमा नै पढाइ

शुक्रबार, २१ माघ २०७३, १६ : २१
शुक्रबार, २१ माघ २०७३
बनेपा - काठमाडौँ विश्वविद्यालय९केयु०मा १३ दिनदेखि तालाबन्दी भएपछि विद्यार्थीले दबाब दिनका लागि विश्वविद्यालयको मूलद्वारामा बसेर नै पढाइ गरेका छन् । स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्सका झन्डै सय विद्यार्थीले साङ्केतिक रुपमा विरोधस्वरुप एक घन्टा केयु गेटमा अध्ययन गरेका थिए । उनीहरुले ‘पढ्ने वातावरण बनाउँ’ भन्ने प्लेकार्ड समेत बोकेका थिए । लामो समयदेखि पठनपाठन सुरु नभएपछि साङ्केतिक रुपमा पढाइ निरन्तररुपमा सञ्चालन होस् भन्ने सन्देश दिन खोजेका हौँ बायोटेक्निकल चौँथो वर्षमा अध्ययनरत रुपक पराजुलीले भने । केयुका रजिष्टार भोला थापाले स्थगित विद्यार्थी कल्याण परिषद्को निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा तालाबन्दी नखुलेको बताए । काठमाडौँ विश्वविद्यालय अनेरास्ववियु राष्ट्रिय कमिटीका सचिव उजन गौतमले अनेरास्ववियुले चुनाव जित्ने निश्चित भएका कारण चुनाव भाँडिएको आरोप लगाए । सो तालाबन्दी अनेरास्ववियुको नेतृत्वमा भएको थियो । तालाबन्दी खोल्ने विषयमा भएका पटकपटकका वार्ता असफल भएका छन् । माघ ९ गतदेखि केयुको प्रशासनिक कक्ष र विभिन्न विभागमा तालाबन्दी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप