बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पानीमा डुबेर वृद्धको मृत्यु

शुक्रबार, २१ माघ २०७३, ०८ : २६
शुक्रबार, २१ माघ २०७३

मोरङ - मोरङको पथरी– शनिश्चरेमा पानीमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पथरी–शनिश्चरे नगरपालिका–२ बस्ने ६२ वर्षीय शेरहाङध्वज लिम्बू रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए ।

लिम्बूको शव घर नजिकै रहेको खोल्साको पानीमा डुबेको अवस्थामा भेटिएको हो । घटनाबारे अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप