बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘युवा उद्यमशील बनाउन राज्यको लगानी आवाश्यक’

शुक्रबार, २१ माघ २०७३, १६ : ३७
शुक्रबार, २१ माघ २०७३

काठमाडौ –चौधरी ग्रुपले युवाहरुलाई उद्यमशील बनाउन राज्यले लगानी गर्नुपर्नेमा जोड दिएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले युवाहरुलाई उद्यमशिल बनाउन सरकारले लगानीको वातावरण बनाउनुपर्ने बताएका हुन् ।

उनले विकसित देशहरुले उद्यम क्षेत्रको विकासमा युवाहरुलाई परिचालन गर्ने र त्यसका लागि वित्तीय व्यवस्थापन पनि राज्यबाटै हुने गरेको उल्लेख गरे ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक चौधरीले धेरै युवा उद्यमीहरु उत्पादन गर्न आफूहरु लागि पर्ने प्रतिवद्धता पनि जनाए ।

चौधरी ग्रुपले सन् २०२० सम्ममा १ लाख ऊर्जाशिल युवाहरुलाई उद्यमशील बनाउने दावी गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप