बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सिरहामा राउतको पक्षमा प्रदर्शन दुई दर्जन पक्राउ

शुक्रबार, २१ माघ २०७३, १७ : ३१
शुक्रबार, २१ माघ २०७३

सिरहा–स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके. राउतको रिहाईको माग गर्दै प्रदर्शन गर्ने करिव दुईदर्जन युवाहरुलाई सि।राहाबाट प्रहरीले पक्राउ गरेको छ । डा. राउतमाथि लगाईको मुद्दा फिर्तागरि रिहाइको माग गर्दै लाहानमा प्रदर्शन गरिरहेका इटाटार ३ का संजय यादव, दिपेन्द्र सिके, अमरनाथ साह, अशोक यादव, लगाएत २१ जनालाई पक्राउ गरेको हो ।

राउत बिहीबार जनकपुरबाट पक्राउ परी राज्यविरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएको छ । उनलाई शुक्रवार जिल्ला अदालत सिरहाबाट थप अनुसन्धानको लागि १० दिन म्याद थप गरि इलाका प्रहरी कार्यालय लहान राखिएको लहानका प्रहरी नायव उपरीक्षक राजकुमार के.सी.ले जानकारी दिए ।

स्वतन्त्र मधेशको पक्षमा गतिविधि गर्दै आएका राउतलाई विहीवार जनकपुरबाट पक्राउ गरि लहान ल्याईएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले माघ ५ गते लहानमा आयोजित मधेस बलिदानी दिवसको अवसरमा राउतले मधेश परापूर्वकालदेखि नै छुट्टै मुलुकभएको भन्दै नेपालबाट अलग पार्नुपर्ने अभिव्यक्ति दिएको र नारा जुलुश गरेको अभियोगमा पक्राउ गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप