बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एमालेले जसरी पनि निर्वाचन गराएरै छाड्छ : अध्यक्ष ओली

शनिबार, २२ माघ २०७३, १० : ५२
शनिबार, २२ माघ २०७३

विराटनगर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विसं २०७४ माघभित्र तिन वटै तहको निर्वाचन नभए मुलुकमा राजनैतिक र संवैधानिक सङ्कट आउने बताउँदै सरकार निर्वाचन गराउने पक्षमा नदेखिएको आरोप लगाएका छन् ।

मुलुकमा अनुकुल अवस्था रहेको समयमा पनि सरकार निर्वाचन गराउन नसकेको उल्लेख गर्दै उनले एमालेले जसरी पनि निर्वाचन गराएरै छाड्ने बताए।

अध्यक्ष ओली नेपाली समाजको उन्नतिका लागि पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । अध्यक्ष ओलीले मुलुकमा प्रजातन्त्र स्थापना भएपछि सञ्चार क्षेत्रले ठूलो फड्को मारेको उल्लेख गर्दै पत्रकारिता क्षेत्र स्वतन्त्र, निष्पक्ष, प्रभावकारी र मर्यादित हुनुपर्दछ भने ।

प्रेस चौतारी नेपालको १९ औँ स्थापना दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित पुरस्कार वितरण तथा सम्मान समारोहमा उनले भने — “सूचना, शिक्षा, मनोरञ्जनसँग जोडिएर जनताको सेवा गर्ने, सचेत गराउने, भ्रमबाट जोगाउने र निष्ठावान पत्रकारिता छ भने अर्को भmुठो खबर, भ्रम फैलाउने, राम्रोलाई नराम्रो भन्ने र अन्यौल सिर्जना गर्ने, मनोरञ्जनको ठाउँमा पीडा दिने किसिमको छ ।”

सो अवसरमा अध्यक्ष ओलीले कृष्णप्रसाद सिग्देल स्मृति पत्रकारिता पुरस्कारबाट दृष्टान्त साप्ताहिकका सम्पादक शान्ता दाहाललाई सम्मान गर्नुभयो । उक्त पुरस्कारको राशि रु १० हजार छ ।

कार्यक्रममा सो पुरस्कारका संरक्षकद्वय सीता सिग्देल, कमला मैनाली र प्रेस चौतारी मोरङका संस्थापक सदस्यद्वय यज्ञ शर्मा र दिपेन न्योपानेलाई पनि उनले सम्मान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप