बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अविष्कार केन्द्रलाई रु १२ लाख ५५ हजार सहयोग

शनिबार, २२ माघ २०७३, १५ : ५७
शनिबार, २२ माघ २०७३

म्याग्दी - सामाजिक अभियन्ता महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रलाई अमेरिकाको न्यूर्योकमा बसोबास गर्ने म्याग्देलीहरूले रु १२ लाख ५५ हजार २ सय आर्थिक सङ्कलन प्रदान गरेको छ ।

न्युर्योकमा बसोबास गर्ने म्याग्देलीहरूको संस्था म्याग्दी समाज न्यूर्योक (यूएसए) ले अमेरिकाका विभिन्न स्थानमा रहेका म्याग्देलीहरुबाट आर्थिक सहयोग सङ्कलन गरी सो रकम केन्द्रको खातामा जम्मा गरिएको समाजका सचिव याम पुनले जानकारी दिए ।

‘अभियानमा सहभागी सबैलाई धन्यवाद दिन्छौँ, नेपाली सन्ततीका लागि केन्द्र कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ’ सचिव पुनले भने—विज्ञान र प्रविधिको विकास नभएसम्म नेपालको विकास र समृद्धि हुन सक्दैन् ।

रोजगार, ब्यापार र शिक्षाको विकासका लागि न्यूर्योकमा बसोबास गर्ने म्याग्देलीले आफ्नो गास कटाएरसमेत अभियानमा सहयोग गरेको बताउँदै उनले आगामी दिनमा पनि सामाजिक विकासका लागि समाजले सहयोग प्रदान गर्नेछ ।

विदेशिएका हजारौँ प्रतिभाशाली सन्ततिलाई स्वदेशमा नै फर्काएर देश विकासमा लगाउने उद्देश्यसहित सो केन्द्र स्थापना गरिएको छ । महाविर पुनको अभियानमा अहिले विश्वभर रहेका नेपालीले सहयोग जुटाइरहेका छन् ।

देश विकासको सशक्त माध्यमको रुपमा रहेको विज्ञान तथा प्रविधि क्षेत्रको विकासमा राज्यले विशेष जोड दिनुपर्छ, समाजका अध्यक्ष भविन्द्र शेरपुञ्जाले अमेरिका भ्रमणका क्रममा अभियन्ता पुनले प्रस्तुत गरेका भिजनले देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप