बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

छैसठ्ठी हुलाकका ‘लेटर बक्स’ जीर्ण

शनिबार, २२ माघ २०७३, ०८ : ०९
शनिबार, २२ माघ २०७३

पाल्पा - जिल्लाका सबै हुलाक कार्यालयमा रहेका ६६ वटा ‘लेटर बक्स’ जीर्ण अवस्थामा रहेका छन् ।

पाल्पामा जिल्ला हुलाक १, इलाका हुलाक १३, अतिरिक्त हुलाक ५२ वटा गरी पाल्पामा कुल ६६ वटा हुलाक छन् । जिल्ला हुलाक कार्यालय पाल्पाको २०७२ पुस १७ गतेदेखि २०७३ पुस १६ गतेसम्मको वार्षिक प्रतिवेदनमा जिल्लाका अधिकांश हुलाकमा रहेका ‘लेटर बक्स’ बिग्रेको अवस्थामा रहेको उल्लेख छ ।

जिल्ला हुलाक कार्यालय पाल्पाका प्रमुख खेतबहादुर खत्रीले ‘लेटर बक्स’ लामो समयदेखि प्रयोगमा आउन नसक्दा खिया लागेको बताए । ‘लेटर बक्स’ बिग्रेपनि हाल प्रयोगमा रहेको उनको दाबी छ ।

पाल्पा जिल्लाका अधिकांश हुलाकका ‘लेटर बक्स’ प्रयोगमा आउन नसकेको छहराका श्रीकृष्ण आत्रेय बताउँछन् । मानिसले अहिले हुलाक भन्दा पनि मोबाइलबाट सन्चो बिसन्चोको खबर आदानप्रदान गर्न थालेपछि हुलाक सेवा कमजोर बनेको उनको भनाइ छ ।

सञ्चार प्रविधि विकासले हुलाकको महत्व कम भएसँगै सरकारले हुलाक सेवा चुस्त बनाउन ध्यान नदिँदा बिग्रेका लेटरसमेत मर्मत हुन नसकेका हुन् ।

हुलाक अहिले सर्वसाधारणका चिठ्ठीपत्र भन्दा जिल्ला र राष्ट्रियस्तरका सरकारी चिठ्ठीपत्र, पत्रपत्रिका पठाउने माध्यम मात्र बनेको छ । मोबाइल र इन्टरनेट जस्ता सामाजिक सञ्जालको बढ्दो प्रयोगले हुलाक सेवा सङ्कटमा पर्न थालेको हो ।

सूचना तथा सञ्चार मन्त्रालयले पछिल्लो समयमा हातहातमा मोबाइल, घर÷घरमा इन्टरनेट विस्तारको नीति लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप